बुटवल । रुपन्देहीमा जारी भएकाे कर्फ्युलाइ कडाक्ष बनाउन प्रहरीले टियर ग्यास प्रहार गरिरहेकाे छ ।
मुख्य सडकमा रहेका पसल व्यवसाय बन्द बनाइएकाे छ भने सवारी आवागमन पनि न्यून बनाइएकाे प्रहरीले जनाएकाे छ । मुख्य चाेक चाेकमा प्रहरीहरु तैनाथ गरिएकाे छ ।
यसैबिच कर्फ्युकाे समयमा बुटवल मिलनचाेक, तीनकुने तथा फाइनान्स चाेक क्षेत्रमा प्रदर्शन गरिरहेका युवाहरुलाई भगाउन प्रहरीले पटक पटक राउण्ड टियर ग्यास प्रहार गरेको छ ।
अहिलेसम्म १० पटक सेराेफेराेमा टियर ग्यास प्रहार भएकाे जनाइएकाे छ । कर्फ्यु जारी भएपछि चाेक चाेकमा जम्मा भएर हेर्न जानेहरुका कारणले टियर ग्यास प्रहार गर्नु परेकाे प्रहरीले जनाएकाे छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले अपरान्ह ४ बजेदेखि राति १० बजेसम्मका लागि जिल्लाको भैरहवा र बुटवल क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका हुन्।




