काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत गरेका छन् ।
जेनजी पुस्ताको आन्दोलनको दोस्रो दिन प्रधानमन्त्री ओलीले राजीनामा दिएका हुन् ।
उनले राजीनामा दिनुअघि काठमाडौंमा नेताका निवास, मन्त्री क्वाटर, सिंहदरबार, संसद् भवनलगायतमा आगजनी भइरहेको छ ।




