काठमाडौँ । नेपाल सरकारका नवनियुक्त उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह र भारतीय राजदुत नवीन श्रीवास्तव बिच भेटवार्ता भएको छ ।
मंगलबार बिहान सिंहदरबार स्थित मन्त्रालयमा सिंहलाई राजदुत श्रीवास्तवले भेटवार्ता गरेको उनको सचिवालयले जानकारी गराएका हुन् ।
भेटमा राजदुत श्रीवास्तवले बधाई दिदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।दुई देशविचको सहकार्यताको बारेमा छलफल तथा मौखिक सहमति भएको जनाईएको छ।




