२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

जेनजीको राप : २७ घण्टामा प्रधानमन्त्रीबाट ओलीको बहिर्गमन

जेनजीको राप : २७ घण्टामा प्रधानमन्त्रीबाट ओलीको बहिर्गमन

जेनजीको राप : २७ घण्टामा प्रधानमन्त्रीबाट ओलीको बहिर्गमन

जेनजीको राप : २७ घण्टामा प्रधानमन्त्रीबाट ओलीको बहिर्गमन

जेनजीको राप : २७ घण्टामा प्रधानमन्त्रीबाट ओलीको बहिर्गमन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, भाद्र २४ २०८२
मंगलवार, भाद्र २४ २०८२
  • काठमाडौँ । जेनजी पुस्ताले भ्रष्टाचार, बेतिथि, नेपोकिड्स, र सामाजिक सञ्जाल बन्दको विरुद्धमा सोमबार बिहान ११ बजेबाट आन्दोलन सुरु गरेका थिए । 

    उनीहरूको आन्दोलनको राप यति बढ्यो कि आन्दोलन सुरु भएको २७ घण्टामै प्रधानमन्त्री पदबाट केपी शर्मा ओली बहिर्गमनमा पर्नुपर्‍यो । 

    सोमबारको आन्दोलनमा प्रहरीले व्यापक दमन गर्दै १९ जनालाई गोली हानेर मारेको थियो । ठूलो संख्यामा मृत्यु र घाइते भएपछि आन्दोलनको राप बढ्दै गयो ।


    मंगलबार बिहानैबाट आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीत्रय शेरबहादुर देउवा, पुष्पकमल दाहाल र माधवकुमार नेपालको घरमा आगजनी गरे । 

    नयाँ बानेश्वरस्थित संसद् भवन, सिंहदरबारलगायतका सरकारी भवन ध्वस्त भए । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका पार्टी कार्यालय ध्वस्त भए । 

    फलस्वरूप ओली राजीनामा दिन बाध्य भए । ओली २०८१ असार ३० प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनलाई नेपाली कांग्रेसले समर्थन गरेको थियो 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij