२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

अर्को सरकार कुन प्रक्रियाबाट हुन्छ ?

अर्को सरकार कुन प्रक्रियाबाट हुन्छ ?

अर्को सरकार कुन प्रक्रियाबाट हुन्छ ?

अर्को सरकार कुन प्रक्रियाबाट हुन्छ ?

अर्को सरकार कुन प्रक्रियाबाट  हुन्छ ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, भाद्र २४ २०८२
मंगलवार, भाद्र २४ २०८२
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि अबको निकास के हुने भन्ने अन्यौल बढेको छ । संविधान अनुसार अर्को सरकार गठनतर्फ गएमा आन्दोलनकारी सहमत नहुने देखिएको छ ।

    जेनजी आन्दोलनका प्रमुख अगुवाले सोमबारै वक्तव्यमार्फत प्रधानमन्त्रीको राजीनामा र ताजा जनादेशका लागि म्याडेटप्राप्त अन्तरिक नागरिक सरकार गठनको माग गरेका थिए ।

    संविधान बमोजिम जाँदा संसदबाटै नयाँ प्रधानमन्त्री चयन हुनुपर्छ । तर, आन्दोलनको जित भइसकेको अवस्थामा आन्दोलनकारीकै माग बमोजिम नागरिक सरकार र ताजा जनादेशतर्फ मुलुक जानुपर्ने अवस्था छ ।

    आन्दोलनका ५ अगुवा अभिजित अधिकारी, युजन राजभण्डारी, रक्षा बम, प्रदीप ज्ञवाली, मनिष खनाल, तनुजा पाण्डे र विनोद देउवाले जारी गरेको विज्ञप्तिमा ५ बुँदे मागमध्ये नागरिक सरकारको माग दोस्रो नम्बरमा छ ।

    नागरिक सरकार कसले गठन गर्ने र कुन प्रक्रियाबाट छानिने भन्ने विषयको अगुवाई कसले गर्ने भन्ने अन्यौल पनि देखिएको छ ।

    प्रधानमन्त्रीले राजीनामा दिइसकेको अवस्थामा संसद र संविधानभित्रैबाट निकास खोज्न उपयुक्त हुने सुझाव संविधानविद टिकाराम भट्टराईको छ ।

    नागरिक सरकार गठनको लागि आन्दोलनकारीले आफ्ना नेता तय गर्नुपर्ने पहिलो चरण बाँकी नै छ । त्यसपछि उनीहरुसँग सर्वदलीय वा सर्वपक्षीय कस्तो वार्ता गर्ने,कसले सरकारको नेतृत्व गर्ने र उनीहरुलाई राष्ट्रपतिलाई नियुक्त गर्ने कि कुन प्रक्रियाबाट जाने भन्नेबारमै पहिलो सहमति हुन बाँकी छ ।

    सबैले स्वीकार गर्ने व्यक्ति अघि सरेर अहिलेको अन्यौल,अराजकता र विध्वंशको अवस्थालाई तत्काल रोक्नुपर्ने माग बढेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij