२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

‘सरकारी भवन बन्ला तर महत्वपूर्ण कागजात भेटिने छैनन्’

‘सरकारी भवन बन्ला तर महत्वपूर्ण कागजात भेटिने छैनन्’

‘सरकारी भवन बन्ला तर महत्वपूर्ण कागजात भेटिने छैनन्’

‘सरकारी भवन बन्ला तर महत्वपूर्ण कागजात भेटिने छैनन्’

‘सरकारी भवन बन्ला तर महत्वपूर्ण कागजात भेटिने छैनन्’
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, भाद्र २५ २०८२
बुधवार, भाद्र २५ २०८२
  • काठमाडौं । मंगलबार प्रदर्शनकारीले राज्यका तीन वटै अंगका भवनहरू, महत्वपूर्ण सरकारी कार्यालय जलाइदिएका छन् । राज्यको महत्वपूर्ण दस्तावेजहरू जल्नु मुलुकको लागि अकल्पनीय क्षति भएको बताउँछन् अध्यता जगत नेपाल ।

     

    यसअघि वि।सं २०३० साल असार २४ गते राति सिंहदरबारमा आगलागी भएको थियो । अध्यता नेपालका अनुसार ‘त्यसबेला अन्जानवश आगलागी भएको भनिएको छ ।’

     


    ‘उक्त आगो नियन्त्रणका लागि राज्य पूरै लागेको थियो, वीरगञ्जबाट दमकल मगाइएको थियो’ उनी भन्छन्, ‘यसपटक सिंहदरबार जल्दा राज्य नै नभएको जस्तो भयो । आगो लगाउने भए, निभाउने कोही भएन ।’

    आगलागी हुन सक्छ भन्ने पूर्वअनुमान नागरिकस्तरमा हुँदा समेत राज्यले सुरक्षा गर्न नसक्ने बिडम्बनापूर्ण अवस्था नेपालले व्यहोराको उल्लेख गर्दै उनी भन्छन्, ‘यसको मूल्य नेपालले युगौगुगसम्म चुकाउनुपर्ने हुन्छ ।’

     

    उनका अनुसार वि.सं २०३० सालमा सिंहदरबार जल्दा सुगौली सन्धि जलेको भन्ने गरिएको छ । सुगौली सन्धिको कपी नेपालसँग नहुनुले पनि यसलाई बल पुर्‍याउँछ । यो पटक कति त्यस्ता कागजात जले होला अनुमान बाहिर छ ।


    ‘कतिपय सरकारी कागजात ३०र४० वर्षपछि मात्रै सार्वजनिक गर्ने खालका हुन्छन् । ति के थिए अब नेपालसँग रहने छैन’ उनी भन्छन्, ‘भोलिको जेनेरेशनले इतिहास खोज्दा भेटाउँदैनन् । मौखिक कुराले हुँदैन र कागजात नहुँदा नेपाल पछि पर्छ । यसको दोष हाम्रो पुस्ताले लिनुपर्ने भएको छ ।’


    राज्यका महत्वपूर्ण दस्ताजेव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयमा राखिन्छ । यो भवन पूरै जलेको छ । प्रधानमन्त्रीको सरकारी निवासमा समेत त्यस्ता कागजात हुन्छन् । राष्ट्रपति निवास शीतल निवासमा राखिन्छन् । यी कार्यालय पनि जलेका छन् । सर्वोच्च अदालतमा रहेका महत्वपूर्ण फैसला र कागजातहरू जलेका छन् ।

     

    अध्यता नेपाल भन्छन्, ‘ऐतिहासिक दस्तावेज रहने ठाउँहरू सबै जले । सरकारी भवन त बन्ला तर, महत्वपूर्ण कागजात भेटिने छैनन् ।’

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij