२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

नेपाली सेनाको समन्वयमा संवाद प्रारम्भ, आज निर्णायक वार्ता

नेपाली सेनाको समन्वयमा संवाद प्रारम्भ, आज निर्णायक वार्ता

नेपाली सेनाको समन्वयमा संवाद प्रारम्भ, आज निर्णायक वार्ता

नेपाली सेनाको समन्वयमा संवाद प्रारम्भ, आज निर्णायक वार्ता

नेपाली सेनाको समन्वयमा संवाद प्रारम्भ, आज निर्णायक वार्ता
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, भाद्र २६ २०८२
बिहिवार, भाद्र २६ २०८२
  • बुटवल । जेनजी अभियानको प्रदर्शनसँगै प्रधानमन्त्रीको राजीनामा, राजनीतिक रूपमा सृजित समस्या र नयाँ सरकार गठनका सन्दर्भमा उठेका विमर्शले देश नवीन मोडमा आइपुगेको छ । २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध जेनजी अभियानले भदौ २३ र २४ गतेको प्रदर्शनपछि सरकार नै ढलेपछि देश नयाँ राजनीतिक गन्तव्य उन्मुख भएको हो । 

    जेनजी पुस्ताका माग सम्बोधन गर्ने सन्दर्भमा परामर्श पनि सुरु भएको छ । राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेल र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलबिच देशमा देखिएको राजनीतिक समस्या समाधान गरी संवाद र सहमतिका माध्यमबाट निकासको यात्रा प्रारम्भ गर्न निरन्तर विमर्श भइरहेको छ । उहाँहरूबिच जेनजी पुस्तालाई विश्वासमा लिएर देशलाई निकास दिने दिशातर्फ अघि बढ्ने सन्दर्भमा गहन विमर्श भइरहेको हो । 

    राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राष्ट्रको निकासका लागि संवाद भइरहेको पुष्टि गरे । प्रधानसेनापति सिग्देलले बुधबार जेनजी मुभमेन्ट अलायन्सका सदस्यसँग संवाद गर्नुभएको नेपाली सेनाका सूचना अधिकारी सहायक रथी राजाराम बस्नेतले जानकारी दिए । सिग्देलले बिहीबार देशले निकास पाउने गरी जेनजी अभियन्तासँग छलफल गर्नुहुने छ । 

    जेनजी अभियन्ताले सेनासँगै आफ्नो समूहमा बृहत् छलफल गरेका छन् । जेनजी अभियन्ताहरू रक्षा बम र युजन राजभण्डारीले ‘देशले निकास पाएको’ बताए । 

    यसअघि अभियन्ता बमले सामाजिक सञ्जालमार्फत जेनजी समूहसँग छलफल गरेर निष्कर्षमा पुग्ने बताए । उनले “राष्ट्रपतिसँग भेट्न बोलाएर दुर्गा प्रसाईं र रास्वपा समूहसँग वार्तामा बस्नुस्, उहाँहरू पनि स्टेक होल्डर हो भनेर स्वयम् प्रधान सेनापतिले भनिसकेपछि जेनजी आन्दोलनका क्रममा भएको बलिदान र युगान्तकारी परिवर्तनको यात्रा तुहिने भएकाले हामीले त्यस प्रस्तावलाई अस्वीकार गर्दै नेपाली सेनाको मुख्यालयबाट बाहिरिएर प्रदर्शनकारी जेनजी समूहसँग छलफलका निम्ति तयारी गरिरहेका छौँ” भनेकी थिइन्

    कार्कीलाई जेनजीको अनुमोदन 

    प्रधान सेनापति सिग्देलसँगको छलफलपछि जेनजी अभियन्ता सामाजिक सञ्जालमा खुला बहसमा सहभागी भए । १० हजारभन्दा बढी जेनजी पुस्ता र अभियन्ताले देशको परिस्थिति, तत्कालै गर्नुपर्ने काम र भावी कार्यदिशाका सन्दर्भमा पनि छलफल गरेका छन् । 

    प्रधानमन्त्रीका लागि पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई छलफलमा सहभागी जेनजी पुस्ताको अत्यधिक मत प्राप्त भएको छ । उहाँको नेतृत्वमै अन्तरिम मन्त्रीपरिषद् गठन हुनुपर्नेमा जेनजी अभियन्ताको जोड छ । प्रधान सेनापति सिग्देलसँगको छलफलमा पनि जेनजी अभियन्ताले पूर्वप्रधान न्यायाधीश कार्कीको नेतृत्वमा अघि बढ्न प्रस्ताव गरेका छन् । 

    छलफलमा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था, जेनजी पुस्तालाई समावेश गर्ने गरी सङ्घीय संसद्को निर्वाचन, २०४६ पछि सार्वजनिक पदमा बसेका सबै पदाधिकारीका सम्पत्ति छानबिन, भ्रष्टाचारका मुद्दाको न्यायिक छानबिन गरी कारबाही, सांसद मन्त्री बन्न नपाउने व्यवस्था गर्नुपर्नेसहितका विषयमा विमर्श भएको छ । 

    यसै गरी प्रधानसेनापति सिग्देलले अभियन्ता दुर्गा प्रसाईंसँग पनि छलफल गरेका छन । छलफलपछि अभियन्ता प्रसाईंले प्रधान सेनापतिसँग देशको पछिल्लो अवस्था र आगामी बाटोबारे गहिरो छलफल भएको जानकारी दिएका छन । उनले निष्कर्षसहित सामाजिक सञ्जालमा लेख्नुभएको छ, “मलाई नेतृत्वको मोह छैन । देशलाई जसरी निकास मिल्छ, त्यही नै मेरो प्राथमिकता हो ।”

    साथै धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ राई पनि छलफलका लागि सैनिक मुख्यालय पुगेर प्रधान सेनापति सिग्देलसँग संवाद गरे । उनले देशको निकासका लागि नयाँ पुस्ताको र देश बनाउने सोच बोकेको नेतृत्व आवश्यक रहेको बताए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij