२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

संविधानबाटै निकास खोज्नुपर्ने भन्दै बार एसोसिएसनले देशव्यापी प्रदर्शन गर्ने

संविधानबाटै निकास खोज्नुपर्ने भन्दै बार एसोसिएसनले देशव्यापी प्रदर्शन गर्ने

संविधानबाटै निकास खोज्नुपर्ने भन्दै बार एसोसिएसनले देशव्यापी प्रदर्शन गर्ने

संविधानबाटै निकास खोज्नुपर्ने भन्दै बार एसोसिएसनले देशव्यापी प्रदर्शन गर्ने

संविधानबाटै निकास खोज्नुपर्ने भन्दै बार एसोसिएसनले देशव्यापी प्रदर्शन गर्ने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, भाद्र २७ २०८२
शुक्रवार, भाद्र २७ २०८२
  • काठमाडौं । संविधान रक्षाका लागि भन्दै कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले शुक्रबार देशव्यापी प्रदर्शन गर्ने भएको छ ।

    ‘संविधानको दायराबाट मुलुकको राजनीतिक निकास खोजिनुपर्छ, त्यो भनेको अहिलेको संविधान संरक्षण हुनुपर्छ भन्ने हाम्रो माग हो’ नेपाल बार एसोसिएसनका अध्यक्ष डा. विजयप्रसाद मिश्रले भने, ‘त्यसका लागि शुक्रबार दुई थरी कार्यक्रम गर्ने तयारी छ ।’

     


    केन्द्रीय बारका पदाधिकारीहरुको आकस्मिक बैठकले शुक्रबार दिउँसो १ बजे देशभरका बार इकाइमा प्रदर्शन गर्ने निर्णय गरेको हो । त्यसपछि बारले बेलुकी ५ बजे बार केन्द्रीय कार्यालय रामशाहपथबाट प्रदर्शन गर्ने योजना बनाएको छ ।

     

    कानून व्यवसायीहरुले संविधान हातमा लिएर विरोध प्रदर्शन गर्ने तयारी गरेका हुन् । ५ बजेअघि प्रदर्शन गर्दा कर्फ्यू तोडेको सन्देश जाने भएकाले कर्फ्यूको अवधि सकिएपछि प्रदर्शन गर्ने तयारी बारको हो ।

     

    बिहीबार मात्रै बारले अहिलेको संविधानभित्रकै प्रक्रियाबाट मुलुकको राजनीतिक निकास खोज्न राष्ट्रपतिको ध्यानाकर्षण गराउने निर्णय गरेको थियो । उसले संविधानसभाले बनाएको संविधान यथावत रहेको अवस्थामा प्रतिनिधिसभासहित संघीय संसदको क्रियाशीलताबाट नै निकास खोज्न सुझाव दिएको थियो ।

     

    आन्दोलनकारी जेन–जी समूहले समेत संविधान र व्यवस्था परिवर्तनको माग नगरेको भन्दै अहिलेकै संरचनाबाट निकास खोज्न भनेको थियो ।

     

    बारले विज्ञप्तिमार्फत भनेको थियो, ‘आन्दोलनकारी शक्तिहरू सरकार परिवर्तनको इच्छा राखेको र अहिले सरकार परिवर्तनको प्रक्रिया शुरु भएकाले संविधानको धारा ७६, ७७ र ७८ र धारा ६१ को मर्म र भावनामा रहेर राष्ट्रिय सरकार गठन गर्न सकिने भएकोले प्रक्रिया प्रारम्भ गर्न हार्दिक अपिल गर्दछौं ।’

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij