२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

गैडातालमा पौडी खेल्दा दुई युवकको मृत्यु

गैडातालमा पौडी खेल्दा दुई युवकको मृत्यु

गैडातालमा पौडी खेल्दा दुई युवकको मृत्यु

गैडातालमा पौडी खेल्दा दुई युवकको मृत्यु

गैडातालमा पौडी खेल्दा दुई युवकको मृत्यु
फाईल तस्वीर
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आश्विन १ २०८२
बुधवार, आश्विन १ २०८२
  • बुटवल । रुपन्देहीको गैडहवा गाउँपालिका–१ असिधवाका दुई युवक गैडातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएका छन्। इलाका प्रहरी कार्यालय सूर्यपुराका अनुसार मृत्यु हुनेमा १८ वर्षीय दिपेश थारु र उनका साथी अरुण थारु रहेका छन्।


    प्रहरीका अनुसार दिउँसो करिब ४:१० बजेतिर दिपेश थारु तालमा पौडी खेल्ने क्रममा डुब्न थालेपछि उनलाई बचाउन अरुण थारु पनि तालमा पसेका थिए। तर, दुबैजनाले ज्यान गुमाएका छन्। उनीहरू बिहान करिब ११ बजे घरबाट गैडाताल घुम्न निस्किएका थिए।


    मृतकहरूको शव पोस्टमार्टमका लागि भैरहवास्थित भिम अस्पताल पठाइएको प्रहरीले जनाएको छ। पछिल्ला वर्षहरूमा आन्तरिक पर्यटकहरू गैडातालमा घुम्न आउने संख्या उल्लेख्य रूपमा बढेको भए पनि सुरक्षा व्यवस्थामा पर्याप्त ध्यान नदिइएको स्थानीयवासीले बताएका छन्।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij