२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

कारागारबाट भागेका सन्तबहादुर, श्रीमतीको हत्यालगत्तै पुनः फर्किएका थिए

कारागारबाट भागेका सन्तबहादुर, श्रीमतीको हत्यालगत्तै पुनः फर्किएका थिए

कारागारबाट भागेका सन्तबहादुर, श्रीमतीको हत्यालगत्तै पुनः फर्किएका थिए

कारागारबाट भागेका सन्तबहादुर, श्रीमतीको हत्यालगत्तै पुनः फर्किएका थिए

कारागारबाट भागेका सन्तबहादुर, श्रीमतीको हत्यालगत्तै पुनः फर्किएका थिए
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आश्विन ६ २०८२
सोमवार, आश्विन ६ २०८२
  • काठमाडौं । काभ्रेको पनौती नगरपालिका–१२, गागलमा श्रीमतीको हत्यापश्चात् सन्तबहादुर तामाङ सिधै नक्खु कारागार फर्किएको खुलेको छ । श्रीमती मनीषा तामाङको हत्या गरी शव खाल्डोमा पुरेर उनी कारागार फर्किएका हुन् । हत्याको आरोपबाट जोगिन उनी कारागार फर्किएको प्रहरीको आशंका छ ।

    गएको भदौ २४ गते ‘जेनजी’को प्रदर्शनका क्रममा कारागार तोडफोड र आगजनी गरिँदा तामाङ जेलबाट भागेका थिए । उनी तीन वर्षअघि बलात्कार कसुरमा दोषी ठहर भएर कैद सजाय भोगिरहेका थिए । तर, जेलबाट भागेर घर पुगेका तामाङले श्रीमतीको हत्या गरेका हुन् ।

    पनौती–१२ का वडाध्यक्ष जयराम केसीले असोज ३ गते बिहान तामाङले श्रीमती (मनीषा तामाङ)को हत्या गरेको खुलेको बताए । श्रीमान्–श्रीमतीबीचको आन्तरिक रिसइबीका क्रममा हत्या गरिएको प्रहरीले आशंका गरेको छ ।

    हत्या गरेकै दिन तामाङ नक्खु कारागार फर्किएको पाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिए ।

    उनी कारागार फर्किएको खुलेपछि काभ्रे प्रहरीको टोली समेत नक्खु पुगेको छ । उनीमाथि अब कर्तव्य ज्यान मुद्दामा पनि अनुसन्धान गरिनेछ ।

    तामाङका १२ वर्षीय एक छोरा र तीन वर्षीया छोरी छन् । जबरजस्ती करणी कसुरमा उनको कैद सजाय पूरा हुन एक महिना मात्र बाँकी रहेको कारागार स्रोतले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij