२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

दसैँमा घर जाँदै हुनुहुन्छ ? भाेली र पर्सी यस्ताे यस्तो रहनेछ मौसम

दसैँमा घर जाँदै हुनुहुन्छ ? भाेली र पर्सी यस्ताे यस्तो रहनेछ मौसम

दसैँमा घर जाँदै हुनुहुन्छ ? भाेली र पर्सी यस्ताे यस्तो रहनेछ मौसम

दसैँमा घर जाँदै हुनुहुन्छ ? भाेली र पर्सी यस्ताे यस्तो रहनेछ मौसम

दसैँमा घर जाँदै हुनुहुन्छ ? भाेली र पर्सी यस्ताे यस्तो रहनेछ मौसम
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आश्विन ७ २०८२
मंगलवार, आश्विन ७ २०८२
  • बुटवल। दसैँको चहलपहलसँगै काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको सङ्ख्या निकै बढेको छ। तर, मनसुनको सक्रियता कायमै रहेकाले वर्षा र पहिरोका कारण यात्रामा ढिलाइ वा अवरोध आउन सक्ने सम्भावना छ। 

    यस्तो अवस्थामा यात्रुहरूलाई सहज यात्राका लागि पूर्वजानकारी आवश्यक पर्ने हुँदा जल तथा मौसम विज्ञान विभागसँग आगामी दुइ दिनको मौसमबारे जानकारी लिएको छ। विभागका अनुसार, तत्कालका लागि तीन दिनसम्मको मात्र पूर्वानुमान विश्वसनीय हुने र दसैँका लागि विशेष बुलेटिन पछि निकालिनेछ।

    मौसम पूर्वानुमान:

    बुधबार : कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही स्थानहरूमा वर्षा हुनेछ। यस्तै, लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा र तराईका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। भारी वर्षाको सन्दर्भमा भने कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ।


    बिहीबार : यस दिन भारी वर्षाको सम्भावना निकै कम छ। अधिकांश स्थानहरूमा मध्यम वर्षा मात्रै हुने सम्भावना रहेको विभागले जनाएको छ।

    मौसम विज्ञान विभागले यात्रामा निस्कनुअघि यात्रुहरूलाई मौसमसम्बन्धी पछिल्लो जानकारी लिएर मात्रै यात्रा योजना बनाउन र पहिरो तथा बाटो अवरोधको सम्भावनालाई ध्यानमा राख्दै सावधानी अपनाउन अनुरोध गरेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij