२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

दशैको मुखमा अमरपथमा अव्यवस्थित पार्किङ र ठेला, पसलमा आउने ग्राहक आउन नसकेको ब्यवसायीको गुनासो

दशैको मुखमा अमरपथमा अव्यवस्थित पार्किङ र ठेला, पसलमा आउने ग्राहक आउन नसकेको ब्यवसायीको गुनासो

दशैको मुखमा अमरपथमा अव्यवस्थित पार्किङ र ठेला, पसलमा आउने ग्राहक आउन नसकेको ब्यवसायीको गुनासो

दशैको मुखमा अमरपथमा अव्यवस्थित पार्किङ र ठेला, पसलमा आउने ग्राहक आउन नसकेको ब्यवसायीको गुनासो

दशैको मुखमा अमरपथमा अव्यवस्थित पार्किङ र ठेला, पसलमा आउने ग्राहक आउन नसकेको ब्यवसायीको गुनासो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आश्विन १२ २०८२
आइतवार, आश्विन १२ २०८२
  • बुटवल । बुटवलको मुख्य व्यापारिक क्षेत्र अमरपथमा अव्यवस्थित पार्किङले व्यवसायीहरू मर्कामा परेका छन् ।

    ठेला तथा सवारीसाधन सडक पेटीमै अनियन्त्रित रूपमा राखिँदा ग्राहक पसलमा पुग्नै सक्ने अवस्था छैन भन्ने व्यापारीहरूको गुनासो छ।

    अमरपथ पुग्दासम्म न्युनतम ५ देखि १५ मिनेटसम्म जाम हुने गरेको छ। 

    दशैं, तिहार र छठजस्ता ठूला पर्व नजिकिँदै गर्दा अमरपथ क्षेत्रमा हाटबजारको भीडभाड दिन प्रतिदिन बढिरहेको छ। तर, पार्किङ व्यवस्थापन नहुँदा पसलसम्म आउने ग्राहक घटेका कारण व्यवसाय सुस्ताएको व्यापारीहरूको अनुभव छ।

    “सडकको दुवैतर्फ ठेला राखिन्छ, सवारीसाधन पार्किङ गरिन्छ, जसले गर्दा ग्राहक पसलमा प्रवेश नै गर्न सक्दैनन्,” अमरपथका एक सुनचाँदी व्यवसायी भने, “यसरी व्यापार गर्ने अवस्था छैन, तत्काल निकास चाहिन्छ।”

    अमरपथ बुटवलको सबैभन्दा व्यस्त व्यापारिक क्षेत्र हो। कपडा, जुत्ता–चप्पल, इलेक्ट्रोनिक्स, गहना तथा खाद्यान्नदेखि लिएर दैनिक उपभोग्य सामग्रीसम्मका पसलहरू यहाँ रहेका छन्। तर, भीडभाडकै कारण व्यवस्थापन गर्न नसक्दा सडक संकुचित भई पैदल यात्रु तथा सवारी चालक दुबैलाई असुविधा भइरहेको छ।

    व्यवसायीहरूका अनुसार, स्थानीय निकाय र सम्बन्धित निकायले पार्किङ समस्या समाधान गर्न पहल नगरेसम्म दशैंजस्ता व्यापार बढ्ने समयमा समेत घाटा हुने अवस्था आउने भन्दै ब्यवसायी चिन्तित बनेका हुन।

    सडकमा अनियन्त्रित पार्किङका कारण दुर्घटनाको जोखिमसमेत बढेको स्थानीयले बताएका छन्। पैदल यात्री, ठेला ठेलेर व्यवसाय गर्ने, पार्किङ गर्ने र पसलमा सामान किन्न आउने ग्राहक सबै एउटै ठाउँमा थिचिनु परेको ब्यवसायीको भनाइ छ।

    व्यवसायीहरूले तत्काल समस्या समाधान गर्न आग्रह गर्दै आएका छन्। उनीहरूको भनाइमा, दशैं–तिहारका बेला हुने व्यापारिक चहलपहलमा पार्किङ व्यवस्थापन गर्न सके नगरकै राजस्व बढ्ने मात्र नभई ग्राहकलाई पनि सहज हुने थियो।

    अमरपथमा देखिएको पार्किङ समस्या समाधान नभएसम्म बुटवलको व्यापारिक केन्द्रमा उत्साहजनक कारोबार हुने सम्भावना कमजोर हुने व्यवसायीहरूको आकलन छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij