२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

लुम्बिनी विकास कोषको कामु सदस्य सचिवमा राई

लुम्बिनी विकास कोषको कामु सदस्य सचिवमा राई

लुम्बिनी विकास कोषको कामु सदस्य सचिवमा राई

लुम्बिनी विकास कोषको कामु सदस्य सचिवमा राई

लुम्बिनी विकास कोषको कामु सदस्य सचिवमा राई
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आश्विन २४ २०८२
शुक्रवार, आश्विन २४ २०८२
  • बुटवल । लुम्बिनी विकास कोषका वरिष्ठ अधिकृत ज्ञानिन राईलाई कायममुकायम सदस्य सचिव तोकिएको छ । कोषका सदस्य सचिव सानुराजा शाक्यको पाँचवर्षे कार्यकाल असोज २१ मा सकिएसँगै उक्त पद रिक्त थियो । यसपछि कोषका वरिष्ठ अधिकृत एवं १०औं तहका वरिष्ठ निर्देशक राईलाई कायममुकायम सदस्य सचिव तोकिएको हो ।


    कोष पदाधिकारी विनियमावली, ०५८ को विनियम २९(५) मा सदस्य–सचिव बिदामा बसेको वा अन्य कुनै कारणबाट अनुपस्थित रहेका बेला रिक्त रहेको अवस्थामा वरिष्ठतम् अधिकृतलाई कायममुकायम दिई कार्य सञ्चालन गर्ने व्यवस्था छ । सोहीअनुसार राई कामु सदस्य सचिव भएको कोषका सूचना अधिकृत राजन बस्नेतले जानकारी दिए ।


    ०७६ मंसिर १५ मा कोष बोर्ड बैठकले वरिष्ठतम् कर्मचारीलाई सदस्य–सचिवको अनुपस्थितिमा कामु सदस्य–सचिव बनाउने प्रावधान संशोधन गर्न पठाएकामा संस्कृति मन्त्रालयको ०७६ पुस २७ को मन्त्रीस्तरीय निर्णयले उक्त संशोधन गरेको थियो । यही संशोधनका आधारमा ०७६ माघमा राई ८ महिना कामु सदस्य सचिव भएर काम गरिसकेका छन् । राईले बुधबारबाटै कोषमा कामु सदस्य सचिवका रूपमा काम सुरु गरिसकेका छन् । राईले आफ्नै कार्यकक्षमा बसेर सदस्य सचिवको काम सुरु गरिसकेको बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij