२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको शल्यक्रिया सेवा पुनः सुचारु

लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको शल्यक्रिया सेवा पुनः सुचारु

लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको शल्यक्रिया सेवा पुनः सुचारु

लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको शल्यक्रिया सेवा पुनः सुचारु

लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको शल्यक्रिया सेवा पुनः सुचारु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण २ २०८१
बुधवार, श्रावण २ २०८१
  • बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको शल्यक्रिया सेवा पुनः सुचारु भएको छ । विगत केही महिनाअघिदेखि ल्याप्रोस्कोपी मेशिन विग्रीएर अवरुद्ध भएको सेवा यही साउन १ गतेदेखि पुनः सुचारु भएको हो । 

    यो सेवा सुचारु भएसँगै विगतमा पालो कुरेर बसेका र नयाँ बिरामीहरुलाई मिलाएर शल्यक्रिया सेवा सञ्चालन गरिने अस्पताल प्रशासनले जनाएको छ ।

    सेवा सुचारुसँगै सातामा ५÷६ जना बिरामीको शल्यक्रिया गर्न सकिने अस्पतालका वरिष्ठ अर्थोपेडीक सर्जन डाक्टर इन्द्र ढकालले जानकारी दिए । अस्पतालमा साताको सोमबार र विहिबार गरी दुई दिन यो सेवा उपलब्ध हुँदै आएको छ ।

    यो सेवालाई थप बिस्तार गर्नका लागि अप्रेशन थिएटर थप गर्नुपर्ने भए पनि केही प्राविधिक समस्याले बिलम्ब भइरहेको डा. ढकालले बताए । 

    ढकाललाई लुम्बिनी प्रदेश सरकारले अस्पतालको मेडिकल सुपेरिटेन्डेनमा नियुक्त गरेपछि साउन महिनाभित्रै अपरेशन थिएटर थप गरी शल्यक्रिया सेवालाई दोब्बरमा वृद्धि गर्ने प्रतिवद्धता गरेका थिए । तर, उनको नियुक्तीको विषयलाई लिएर आदालतमा मुद्दा परेपछि हाल आर्थिक तथा प्रशासनिक अधिकार नभएरका कारण प्रतिवद्धता पूरा गर्न नपाइएको डा. ढकालले गुनासो गरे ।

    अस्पतालमा शल्यक्रिया सेवाका लागि बिरामीले महिनौं समय पालो कुर्नुपर्ने अवस्था रहेको छ । ढकाल मेसु भएपछि गत असारदेखि अनलाइन टिकेटको व्यवस्था सुरु गरेका थिए भने अस्पतालमा नियमित औषधी सेवनका लागि आउने बिरामीहरुलाई मध्येनजर गरी विहान ८ बजेदेखि नै रिफिल सेन्टर सञ्चालनमा ल्याउने व्यवस्था गरेका थिए । 

    लुम्बिनी प्रदेश सकारको गौरव आयोजनाका रुपमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा अदालतकै कारण बिकास समिति निश्क्रिय छ भने मेडिकल सुपेरिटेन्डेनको विषय पनि अदालतमै गएर अड्किएको छ । ६ अरब बढीको नयाँ भवन निर्माणको कार्य जारी रहेको अस्पतालमा अदालती विवादले नेतृत्वविहिन बन्दा योजनाको प्रकावकारी कार्यन्वयनमा प्रश्न उठेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij