२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

चाडपर्वलक्षित बजार अनुगमन तीव्र

चाडपर्वलक्षित बजार अनुगमन तीव्र

चाडपर्वलक्षित बजार अनुगमन तीव्र

चाडपर्वलक्षित बजार अनुगमन तीव्र

चाडपर्वलक्षित बजार अनुगमन तीव्र
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आश्विन २४ २०८२
शुक्रवार, आश्विन २४ २०८२
  • कपिलवस्तु । कपिलवस्तुमा चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्रता दिएको छ । जिल्लाको विभिन्न ठाउँमा प्रशासन, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय, घरेलु तथा साना उद्योग कार्यालयले संयुक्त रुपमा बजार अनुगमन गरेको हो । 
    जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछानेका अनुसार तौलिहवा बजारमा करिब एक दर्जन होटल, रेष्टुरेण्ट, मिठाई, किरान पसलहरुमा अनुगमन गरिएको हो । अनुगमनको क्रममा लेबल नलगाएको, म्याद गुज्रेको समानहरु ज्फत गरी नष्ट गरिएको उनको भनाइ छ । उनले भने–‘बजार अनुगमन नियमित कार्यक्रम भए पनि जनगुनासो बढेकोले अनुगमनमा कडाइ गरिएको छ ।’


    अनुगमनको क्रममा बजारमा अधिकांश होटल, रेष्टुरेण्ट तथा मिठाइ पसल सरसफाइ नभएको भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख राजेन्द्र सिंहले बताए । अखाद्य तेल  र लेबल नलागएको वस्तु जाफत गरी नष्ट गरिएको उनको भनाइ छ । किरना पसलहरुमा अखाद्य बस्तु नबेच्न र होटल तथा चिया नास्ता पसलमा सरसफाइ बढाउनका साथै बजार नियन्त्रण गर्ने उद्देश्यले अनुगमन गरिएको प्रमुख सिंहले जानकारी दिए ।


    त्यस्तै घरेलु तथा साना उद्योगका प्रमुख सन्तोष खनालका अनुसार मूल्य सूची नभएकालाई मूल्य सूची राख्न र व्यवसाय बिना दर्ता सञ्चालन गर्नेलाई दर्ता गर्न निर्देशन दिइएको छ । स्थानीय प्रशासनले म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेकामाथि कडाइ सुरु गरेको छ । जिल्लाका विभिन्न स्थानका बजारमा छड्के अनुगमनलाई तीव्र पारिएको प्रशासनले जनाएको छ ।


    टोलिले कपिलवस्तु नगरपालिकाको पचेहरा र मायादेवी गाउँपालिकाको फुलिका, बररोहिया, पकडीलगायतको स्थानमा बजार अनुगमन गरेको छ । अनुगमनको क्रममा कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख  रुक्मागत अर्याल, कोष नियन्त्रक पोष्टराज ज्ञवाली, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलयका सरोज खनाल, जिल्ला प्रशासन कार्यालयका नासु बाबुराम शर्मा, प्रहरीलगायतको सहभागिता रहेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij