२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

अस्पताल भवन निर्माण अलपत्र

अस्पताल भवन निर्माण अलपत्र

अस्पताल भवन निर्माण अलपत्र

अस्पताल भवन निर्माण अलपत्र

अस्पताल भवन निर्माण अलपत्र
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आश्विन २४ २०८२
शुक्रवार, आश्विन २४ २०८२
  • स्याङ्जा । कुुनै समय कुष्ठरोगी केन्द्र (बस्ने ठाउँ) का रुपमा स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुुङ्गा टुुनिबोटलाई लिइने गरिन्थ्यो । टुनिबोट जाँदा कुष्ठरोग सर्छ भन्दै स्थानीय र छिमेकीहरु त्यहाँ जान डराउँथे । टुनिबोट बाइसे चौबिसे राज्यका बेलामा नुुवाकोटका राजाले पाल्पा आक्रमणका गर्न १९५२ बाट हातहतियार भण्डारण (राख्न प्रयोग) गरिएको ऐतिहासिक स्थानका रुपमा चिनिन्छ । 


    तत्कालीन श्री ३ खड्ग शमशेरले १९९७ मा नेपाल भरिका ४२२ कुुष्ठरोगीलाई उपचार गर्न मालुङ्गा टुनिबोटलाई केन्द्र बनाएको मानिन्छ । ४९ वर्ष कुष्ठरोगी बसेको टुनिबोट बिरामीको संख्या घट्दै जाँदा २०४६ सालमा ८२ कुष्ठरोगीलाई कुुष्ठरोग निवारण संघले पोखरा स्थान्तरण गरेको हो । 


    लामो समय कुष्ठरोगी बसेको मालुुङ्गा टुनिबोटमा सर्वसाधारणको सहज स्वास्थ्य सुविधाका लागि निर्माण भएको १५ शैयाको स्वास्थ्य केन्द्र उपचारसँगै भौतिक पूर्वाधार अलपत्र अवस्थामा छन् । कुष्ठरोगीहरु पोखरा पुनस्र्थापना भएसँगै कुष्ठरोग निवारण संघसँग १९ रोपनी ९ आना जग्गा भाडामा लिएर प्राथमिक स्वास्थ्य केन्द्र बनाइएको थियो । 


    लामो समय कुष्ठरोगी बसेका कारण त्रासमा रहने टुनिबोटको प्राथमिक स्वास्थ्य केन्द्रले मात्र स्थानीयलाई उपचार पर्याप्त नभएपछि सरकारले चार वर्ष अघिदेखि अस्पताल निर्माण अगाडि बढाइएको थियो । कुष्ठरोगीलाई पोखरा सारेपछिको प्राथमिक स्वास्थ्य केन्द्रको जग्गा अस्पतालका नाउमा ल्याएपछि २०७८ जेठबाट सिनर्जी शङ्खदेवी निर्माण सेवा काठमाडौँले १५ बेडको अस्ताल भवन निर्माण गर्न ठेक्का पाएको थियो । 


    दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी गल्याङ नगरपालिकासँग सम्झौता गरेको सिनर्जीले चार वर्षमा ५० प्रतिशत मात्रै काम सकेको छ । भवनको संरचना निर्माण गरेर प्लास्टर गरेको भएपनि अन्य सम्पूर्ण काम गर्न बाँकी रहेको छ । निर्माण कम्पनीले अस्पताल भवन बनाउन ११ करोड ५१ लाख १५ हजार २३२ रुपैयाँ सम्झौता गरेकोमा चार वर्षमा चार करोड ३७ लाख अर्थात् ३७ प्रतिशत मात्र आर्थिक प्रगति गरेको छ । 


    अस्पताल भवन निर्माणको म्याद सकिएर दुई पटक म्याद थप्दासमेत आधा मात्रै काम सकिएको नगरपालिकाका इञ्जिनियर सुजेन्द्र थापाले बताए । २०८२ चैत मसान्तसम्मका लागि पछिल्लो पटक म्याथ थप भएको थापाले जनाए । अस्पताल निर्माणको काम अब ढिलाइ भएमा सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ कारबाही हुने थापाले सुनाए । 
    स्वास्थ्य सुविधाका लागि अस्पताल निर्माण हुन थालेपछि हर्षित बनेका स्थानीय बासिन्दा भवन निर्माणमा ढिलासुस्ती हुने थालेपछि चिन्तित बनेको वडाध्यक्ष मणिप्रसाद बस्यालले बताए । सामान्य उपचारका लागि गल्याङ बजार, पाल्पा जानुपर्ने बाध्यता हट्ने आशा गरेका स्थानीय भवन निर्माणको ढिलासुस्तीले निराश बनेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij