२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

अस्पताल भवन निर्माणमा ढिलाइ हुँदा उपचार सेवा प्रभावित

अस्पताल भवन निर्माणमा ढिलाइ हुँदा उपचार सेवा प्रभावित

अस्पताल भवन निर्माणमा ढिलाइ हुँदा उपचार सेवा प्रभावित

अस्पताल भवन निर्माणमा ढिलाइ हुँदा उपचार सेवा प्रभावित

अस्पताल भवन निर्माणमा ढिलाइ हुँदा उपचार सेवा प्रभावित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आश्विन २४ २०८२
शुक्रवार, आश्विन २४ २०८२
  • गुल्मी । नयाँ भवन निर्माणमा ढिलाइ हुँदा यहाँस्थित जिल्ला अस्पतालको उपचार सेवा प्रभावित बनेको छ ।  


    विसं २०७७ मा सदरमुकाम तम्घासमा ५० शैयाको नयाँ भवन निर्माण  सुरु गरिएको थियो । पुरानो भवनमा साँघुरो गल्ली र साना कोठा मात्र छन् । छ वटा मात्रै बहिरङ्ग कक्ष छन् । ‘भिडियो एक्सरे’ र शल्यक्रिया गर्ने ठाउँमा पानी चुहिन्छ । पानी चुहिँदा विद्युत् सट हुने गरेको छ । पुरानो टिनको छानाबाट सेवा दिनुपर्दा सेवा दिने र लिने दुवैलाई कठिनाइ भएको छ ।  नयाँ भवन नबन्दा ‘आइसियू’ समेत सञ्चालनमा ल्याउन नसकिएको अस्पतालका चिकित्सक विभव बस्यालले गुनासो गरे । “एउटै कक्षमा दुई÷तीन जना डाक्टर बसेर सेवा दिनुपर्ने अवस्था छ”, उनले भने–“पुरानो भवनबाट सेवा दिन निकै अप्ठ्यारो छ ।” डाक्टर बस्यालले हाल दैनिक चार सय सम्म बिरामी उपचारका लागि आउने गरेको बताए । 


    भवन निर्माणमा ढिलाइ भएपछि रेसुङ्गा नगरपालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारी, अस्पताल विकास समितिलगायतले छिटो निर्माणको पहल गरे पनि निर्माण व्यवसायीले कामको गति अघि बढाएनन् । 


    “भारतबाट सामान मगाउनुपर्ने छ, आएको छैन भन्छन्”, अस्पताल विकास समितिका अध्यक्ष गोपाल पाण्डेले भने–“विभिन्न बाहानामा काममा ढिलाइ गरेका छन् ।” सङ्घीय आयोजना कार्यान्वयन इकाई, रुपन्देहीमार्फत् स्वच्छन्द-बाँनिया जेभी मकवानपुरले अस्पताल निर्माणको जिम्मा पाएको थियो । भवनको कूल लागत रु २५ करोड ६४ लाख २०३ रुपैयाँ १७ पैसा छ । विसं २०७८ असार १८ गते भवन निर्माणको सम्झौता भएकामा त्यसको दुई वर्षभित्र अर्थात २०८० असार १७ गते काम सकिनुपर्ने थियो ।


    पछिल्लो समय तीन पटक म्याद थप भई गत २०८१ पुससम्म थप गरिएको छ । आयोजनाका इञ्जिनियर सुशील रसायलीले निर्माणको ८० प्रतिशत काम सकिएको जानकारी दिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij