२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

रुपन्देहीको मझगाँवका ईन्स्पेक्टर र  जवान विरुद्ध भ्रष्टाचार आरोपपत्र दायर

रुपन्देहीको मझगाँवका ईन्स्पेक्टर र  जवान विरुद्ध भ्रष्टाचार आरोपपत्र दायर

रुपन्देहीको मझगाँवका ईन्स्पेक्टर र  जवान विरुद्ध भ्रष्टाचार आरोपपत्र दायर

रुपन्देहीको मझगाँवका ईन्स्पेक्टर र  जवान विरुद्ध भ्रष्टाचार आरोपपत्र दायर

रुपन्देहीको मझगाँवका ईन्स्पेक्टर र  जवान विरुद्ध भ्रष्टाचार आरोपपत्र दायर
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आश्विन २४ २०८२
शुक्रवार, आश्विन २४ २०८२
  • भैरहवा । रुपन्देहीको कोटहीमाई गाउँपालिका–५, मझगाँवास्थित सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्टमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र ढकाल र जवान यामबहादुर खत्रीविरुद्ध शुक्रबार भ्रष्टाचार निवारण ऐनअनुसार मुद्दा दायर गरेको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल नेपालका निरीक्षक ढकाल र जवान खत्री विरुद्ध घुस प्रकरणमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

    सिमापारि भारतबाट भन्सार छली कपडा र किराना सामान ल्याउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियार आयोगको दाबी छ ।

    अनुसन्धानका क्रममा जवान खत्री र उनका वरिष्ठ निरीक्षक ढकालबीच आपसी मिलेमतोमा घुस लिएको प्रमाणित भएको आयोगले जनाएको छ ।

    आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भारतको दुर्गौलिया नाका हुँदै नेपालमा सामान ल्याउने क्रममा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग मागिएको रु.१५ हजार घुस रकम प्रतिवादीहरू ढकाल र खत्रीको पूर्वयोजनाअनुसार खत्रीले लिएको तथ्य प्रमाणित भएको छ ।’

    आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले उनलाई रंगेहात नियन्त्रणमा लिएको थियो ।

    आयोगले दुवै प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१)(ग) को उपदफा (१०) बमोजिमको कसुरमा बिगो बराबर १५ हजार रुपैयाँ कायम गरी सोही ऐनको दफा बमोजिम कैद र जरिवानाको सजाय मागदाबी गर्दै आरोपपत्र दायर गरेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij