२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

विजय फूलबारीको चौथो वार्षिक साधारणसभा सम्पन्न

विजय फूलबारीको चौथो वार्षिक साधारणसभा सम्पन्न

विजय फूलबारीको चौथो वार्षिक साधारणसभा सम्पन्न

विजय फूलबारीको चौथो वार्षिक साधारणसभा सम्पन्न

विजय फूलबारीको चौथो वार्षिक साधारणसभा सम्पन्न
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आश्विन २६ २०८२
आइतवार, आश्विन २६ २०८२
  • प्यूठान । विजयफूलबारी बचत तथा ऋण सहकारी संस्थाको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  संस्थाको सात वटा इलाकामा एकै पटक साधारणसभा सम्पन्न भएको हो । 


    मुख्य कार्यालय जुम्री, शारदा मा.वि.साम्पडाँडा, बालमन्दिर आधारभूत विद्यालय विजयनगर, जिल्ला समन्वय समितिको सभाहल खलंगा, भुवनेश्वरी मा.वि. खैरा, माण्डवी मा.वि नयाँगाउँ र बाल उद्यान पार्क कैरनमा साधारणसभा गरेको संस्थाका व्यवस्थापक प्रकाश वैद्यले जानकारी दिए । 


    संस्थामा हाल ५ हजार ८ सय ५२ जना शेयर सदस्यहरु रहेका छन् भने शेयर पुँजी २ करोड ४५ लाख ७३ हजार पुगेको छ । त्यस्तै विभिन्न १० प्रकारका बचत खाताहरुबाट कारोबार सञ्चालन भई २३ करोड १९ लाख ५२ हजार ५ सय ८८ पुगेको प्रतिवेदनमा उल्लेख छ ।  संस्थाले २ हजार ९५ जना सदस्यहरुलाई १८ करोड २९ लाख ५ हजार ६८ रुपैयाँ ऋण लगानी गरेको छ । साथै २ करोड ५ लाख ६८ हजार ८ सय ५६ रुपैयाँ जगेडा कोष रहेको छ भने संस्था कुल सम्पत्ति २८ करोड ३६ लाख ८६ हजार ४ रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ ।

     
    संस्थाले भैपरि आउने जोखिमलाई मध्यनजर गरी सम्पूर्ण सदस्यको रु १ लाख बिमांकको दुर्घटना बिमा गरिएको छ । त्यस्तै सुत्केरी भेटघाट खर्च तथा सदस्य राहत कोष, सहकारी रेडियो कार्यक्रम, तिज विशेष कार्यक्रम, क्षमता विकास कार्यक्रम, रक्तदान कार्यक्रमलगायतका प्रभावकारी एवं सदस्य केन्द्रित कार्यक्रमहरु गर्दै आएको छ । 


    साधारणसभामा वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण प्रतिवेदन र ऋण उपसमितिको प्रतिवेदन प्रस्तुत समेत गरेकोे थियो । आगामी सोमबार सबै सेवा केन्द्रबाट प्रतिनिधित्व हुने गरी संस्थाको मुख्य कार्यालय जुम्रीको सभाहलमा साधारणसभाको निर्णय प्रमाणित सभा गरिने भएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij