२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

असल अभ्यास, उपलब्धि र चुनौती

असल अभ्यास, उपलब्धि र चुनौती

असल अभ्यास, उपलब्धि र चुनौती

असल अभ्यास, उपलब्धि र चुनौती

असल अभ्यास, उपलब्धि र चुनौती
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आश्विन २७ २०८२
सोमवार, आश्विन २७ २०८२
  • टिकाराम पन्थी
    बुटवल उपमहानगरपालिकाले आ.व. २०८१-०८२ मा शिक्षा र स्वास्थ्य क्षेत्रमा ठूला उपलब्धिहरू हासिल गरेको छ । शिक्षा क्षेत्रमा गुणस्तरीय सुधार र समावेशी पहुँच बढाउन विभिन्न कार्यक्रमहरू सञ्चालन भएका छन् । उपमहानगरपालिकाले कक्षा ९–१० का विद्यार्थीहरूलाई करियर परामर्श प्रदान गर्ने, युवा र विद्यार्थीलाई सीपमूलक तालिममा सहभागी गराउने, तथा रोजगार अवसर सुनिश्चित गर्ने काममा ध्यान दिएको छ ।


    यस वर्ष १३ वटा सामुदायिक माध्यमिक विद्यालयमा करियर र रोजगारसम्बन्धी जानकारी उपलब्ध गराइएको थियो । बीटीआइसँगको सहकार्यमा २० जना युवाले बिल्डिङ इलेक्ट्रिसियन तालिम लिएका थिए भने ६० जना युवालाई कुकिङ र कम्प्युटर हार्डवेयर तालिम प्रदान गरिएको थियो । यसैगरी, वित्तीय परामर्श सेवा र रोजगार मेलाहरू आयोजना गरेर युवालाई रोजगारीमा जोड्ने काम पनि गरिएको छ ।


    नवप्रवर्तनात्मक अभ्यासहरूअन्तर्गत डिजिटल शिक्षण–सिकाइ उपकरण, स्मार्ट कक्षा, ICT ल्याब, र स्थानीय पाठ्यक्रम विकासको प्रयोग गरिएको छ । विद्यार्थीहरूको उपस्थितिमा सुधार ल्याउन विद्युतीय हाजिरी प्रणाली लागू गरिएको छ । दलित, मुस्लिम, अपाङ्गता भएका र विपन्न वर्गका विद्यार्थीहरूको शिक्षा पहुँच बढाउन छात्रवृत्ति, पोशाक, र शैक्षिक सामग्री वितरण कार्यक्रम सञ्चालनमा आएका छन् । शिक्षकहरूको क्षमता विकासका लागि ICT तालिम, विषयगत तालिम, र नेतृत्व विकास तालिम उपलब्ध गराइएको छ ।

    सुधारका प्रयास
    बुटवल उप–महानगरपालिकामा शिक्षा सुधार कार्यक्रमले गुणस्तरीय शिक्षा, प्रविधिमैत्री सिकाइ, र समावेशी वातावरण सिर्जना गर्ने लक्ष्य राखेको छ। अन्य संस्थासँगको सहकार्यमा विद्यार्थी र युवा वर्गलाई सीपमूलक तालिम तथा रोजगारका अवसर उपलब्ध गराउने काम भइरहेको छ । विशेषगरी, कक्षा ९–१० का विद्यार्थीहरूलाई इन्स्योरसँगको सहकार्यमा करियर परामर्श सेवा प्रदान गरिएको छ । १३ वटा सामुदायिक माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई रोजगार र करियरसँग सम्बन्धित जानकारी उपलब्ध गराइएका छन्। यसैगरी, बुटवल उद्योग वाणिज्य संघसँग सहकार्य गरी विभिन्न तालिम कार्यक्रमहरू सञ्चालन भएका छन् । उदाहरणका लागि, बीटीआइमा २० जना युवाहरूलाई १० महिनाको बिल्डिङ इलेक्ट्रिसियन तालिम दिइएको छ भने ६० जना युवालाई कुकिङ र कम्प्युटर हार्डवेयरमा तह २ स्तरको तालिम प्रदान गरिएको छ ।


    यसका अतिरिक्त, वित्तीय परामर्श सेवा र रोजगार मेलाहरूको आयोजना प्रक्रियामा रहेको छ, जसले युवाहरूलाई रोजगारीसँग जोड्ने कार्यमा सहयोग पु¥याउँछ । शिक्षा क्षेत्रमा नवप्रवर्तनात्मक अभ्यासहरू जस्तै स्मार्ट कक्षा, ICT ल्याब, र डिजिटल सिकाइ उपकरणको प्रयोगले सिकाइलाई प्रविधिमैत्री बनाएको छ। कक्षा १–८ का लागि स्थानीय पाठ्यक्रम विकास गरी प्रयोगमा ल्याइएको छ र दीर्घकालीन पाँच वर्षे शैक्षिक योजना कार्यान्वयनमा छ ।

    नवप्रवर्तन, समावेशी शिक्षा, र शिक्षक क्षमता विकास
    कार्यक्रमअन्तर्गत नवप्रवर्तनात्मक गतिविधिहरूले शिक्षा प्रणालीमा गुणस्तरीय सुधार ल्याएको छ । विद्यार्थीहरूको उपस्थितिमा सुधार गर्न विद्युतीय हाजिरी प्रणाली लागू गरिएको छ भने विद्यालयहरूको गुणस्तरीय मूल्याङ्कन र ¥याङ्किङ प्रणालीले प्रदर्शनको अनुगमन सुनिश्चित गरेको छ । दलित, मुस्लिम, अपाङ्गता भएका र विपन्न वर्गका विद्यार्थीहरूको शिक्षा पहुँच बढाउन छात्रवृत्ति, पोशाक, शैक्षिक सामग्री वितरण कार्यक्रम सञ्चालनमा आएका छन् ।


    शिक्षकहरूको क्षमता अभिवृद्धि कार्यक्रमअन्तर्गत ICT तालिम, विषयगत तालिम, र नेतृत्व विकास तालिम उपलब्ध गराइएको छ । विद्यालय व्यवस्थापन समिति (SMC) र अभिभावक–शिक्षक संघ (PTA) लाई सशक्तिकरण गरी निर्णय प्रक्रियामा समावेश गरिएको छ । नवप्रवर्तन पुरस्कार, उत्कृष्ट शिक्षक तथा विद्यालय सम्मान कार्यक्रमले शिक्षक र विद्यालय व्यवस्थापनमा उत्साह बढाएको छ । भौतिक पूर्वाधार सुधारअन्तर्गत बालमैत्री भवन, ICT ल्याब, शौचालय, र खेलमैदान निर्माणको काम पनि सम्पन्न भएको छ ।

    उपलब्धि र प्रभाव
    उपलब्धिहरूमा विद्यार्थी तथ्यांक सुधार, उपस्थिति वृद्धि, सिकाइ उपलब्धिमा सुधार, शिक्षक तालिम र क्षमता विकास, वित्तीय पारदर्शिता, भौतिक पूर्वाधार सुधार, प्रविधि प्रयोग, समावेशी शिक्षा, र सुशासन प्रमुख छन् । बुटवल उपमहानगरपालिकाका ३९ सामुदायिक विद्यालयमा करिब १५,००० विद्यार्थी अध्ययनरत छन्। विशेष आवश्यकता भएका, दलित, मुस्लिम र सीमान्तकृत वर्गका विद्यार्थीहरूको सहभागिता उल्लेखनीय छ। विद्यालयहरूको वार्षिक मूल्याङ्कन, परीक्षा प्रणाली, र आन्तरिक मूल्याङ्कनले सिकाइ उपलब्धि सुधारमा टेवा पु¥याएको छ ।


    ICT, Moodle, Google Classroom, Smart Board, EMIS प्रणाली र बायोमेट्रिक हाजिरी जस्ता प्रविधिको प्रयोगले शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाएको छ । “बुटवल चिनौं” र “साफा बुटवल” जस्ता स्थानीय सन्दर्भमा आधारित पाठ्यक्रम र नवप्रवर्तन पुरस्कार कार्यक्रमले शिक्षक र विद्यालय व्यवस्थापनमा प्रेरणा दिएको छ । विद्यालय व्यवस्थापन समिति, नगर शिक्षा समिति, शिक्षक–अभिभावक संघसँगको साझेदारीले नीति निर्माणदेखि कार्यान्वयनसम्म सहयोग गरेको छ ।

    चुनौती र सुधारका उपाय
    कार्यक्रम कार्यान्वयनमा विभिन्न चुनौतीहरू पनि देखिएका छन् । शिक्षक दरबन्दी अभाव, अस्थायी शिक्षकको व्यवस्थापन, विशेषज्ञ शिक्षकको कमी, र निजी विद्यालयको आकर्षणले सामुदायिक विद्यालयमा विद्यार्थी घट्ने समस्या देखा परेको छ । ICT तालिम दिइएको भए पनि सबै शिक्षकले प्रविधिको समान दक्षता नभएको र प्रविधिको आधारभूत संरचना भए पनि नियमित प्रयोगमा कठिनाइ आएको छ । स्रोत साधनको सीमितता, नीति स्पष्टताको कमी, र शिक्षक–अभिभावक–विद्यालय प्रशासनबिच समन्वय अभावले गुणस्तरीय शिक्षा कार्यान्वयनमा चुनौती उत्पन्न गरेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij