बुटवल । जेन जी रुपन्देही नेतृत्व समिति गठन गर्न आज तिलोत्तमा–१३ बभनीमा भेला आयोजना गरिएको छ । जेन जी अगुवाहरु राजु श्रेष्ठ, सुरज पोखरेल र योगराज क्षेत्री लगायतको अगुवाईमा भेला हुन लागेको हो । न्यू राइज युथ क्लबको हलमा बिहान १० बजे देखि भेला शुरु गर्ने गरी आयोजकले जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट अनुमति समेत लिइसकेका छन् । आजको भेलाले जेन जी रुपन्द्येहीको आधिकारिक नेतृत्व चयन गर्ने सुरज पोखरेलले बताए ।
भेलामा सहभागी हुन १८ वर्ष उमेर पुगेको रुपन्देहीबासी हुनुपर्ने, नागरिकताको मूल प्रमाणपत्र पेश गर्नुपर्ने,सामाजिक कामहरु गरेको प्रमाण पेश गर्नुपर्ने,व्यक्तिगत धारणा र दृष्टिकोण राख्नुपर्ने र औपचारिक पोशाकमा उपस्थित हुनुपर्ने मापदण्ड तय गरिएको जेन जी अगुवा सुरज पोखरेलले जानकारी दिए । भेलामा सहभागी हुन मापदण्ड पुगेका जिल्लावासी जेनजीहरुमा आयोजकले अनुरोध गरेका छन् । आज गठन हुने नेतृत्वले जेन जी रुपन्देहीको नीतिगत दिशा, कार्यक्रम तय गर्ने छ ।




