२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

पर्यटक प्रवर्धनका लागि फल्चा निर्माण

पर्यटक प्रवर्धनका लागि फल्चा निर्माण

पर्यटक प्रवर्धनका लागि फल्चा निर्माण

पर्यटक प्रवर्धनका लागि फल्चा निर्माण

पर्यटक प्रवर्धनका लागि फल्चा निर्माण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आश्विन २९ २०८२
बुधवार, आश्विन २९ २०८२
  • गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा पर्यटक प्रवर्धनका लागि फल्चा निर्माण गरिएको छ । पछिल्लो समय काठमाडौँसहित देशका प्रमुख सहरमा फल्चा निर्माण भइरहेकाबेला गुल्मीमा पनि पर्यटक र यात्रुका लागि दुई वटा फल्चा निर्माण गरिएको हो । 
    रेसुङ्गा नगरपालिकाको सहयोगमा तम्घासको बसपार्क नजिकै र भगवती मन्दिरमा फल्चा निर्माण गरिएको हो । जिल्लाका लागि फल्चा नयाँ संरचना हो । पहाडी जिल्लामा पनि पुराना संरचना पौवाहरू भए पनि अहिले नयाँ ढङ्गले प्रतीक्षालयका रूपमा फल्चा निर्माण हुँदै आएका रेसुङ्गाका नगरप्रमुख खिलध्वज पन्थीले बताए । 


    उनका अनुसार तम्घासमा भने कारागारका कैदीबन्दीको काष्ठकला प्रयोग गरेर निर्माण गरिएको छ । “बसपार्क नजिक इन्द्रवीर थापाले निर्माण गरेको १५० वर्ष पुरानो इन्द्र पौवा थियो । यो पौवा जीर्ण भएपछि सोही ठाउँमा अहिले फल्चा निर्माण गरिएको छ ।”–उनले भने ।

     
    यो पौवाको गरिमाको विषयमा केही आलोचना भए पनि आधुनिकताका नाममा पुराना कला र संस्कृति लोप हुँदै गएपछि पौवाको ठाउँमा फल्चा निर्माण गरिएको नगरप्रमुख पन्थीले जनाए । कैदीबन्दीको सीपको प्रदर्शन र स्थानीय सामग्रीको उपयोगबाट पुरानै काष्ठकलामार्फत् फल्चा निर्माण गरिएको जनाउँदै उनले गत वर्ष एउटा र अहिले दुई वटा फल्चा निर्माण थालिएको उल्लेख गरे ।

     
    ट्राफिक कार्यालय अगाडि निर्माण भएको फल्चाका कारण पैदलयात्री तथा ट्राफिक कार्यालयमा आएका सेवाग्राहीलाई फल्चा विश्रामस्थल बनेको छ । काष्ठकलामा निकै अब्बल कैदीबन्दीका सामग्री पछिल्लो समय सरकारी तथा गैरसरकारी थुप्रै संरचनामा प्रयोग हुँदै आएका छन् । नगरले काफलपानी निर्माण सेवामार्फत् कैदीबन्दीले निर्माण गरेको काष्ठ सामग्री फल्चामा प्रयोग गरेको हो । दुई वटा फल्चा १०÷१० लाखको लागतमा निर्माण भएको नगरपालिकाले जनाएको छ । 


    गुल्मी कारागारका चौकीदार हरि थापाले आफूहरूले बाहिर निर्माण गर्दा लाग्ने लागतको ५० प्रतिशत कममा फल्चासहितका पूर्वाधारमा काम गरेको बताए । पछिल्लो समय कारागारमा काष्ठकला र फर्निचरको काममा हुँदै आएको छ । वार्षिक रु तीन करोड ५० लाखभन्दा बढीको कारोबार हुने कारागारबाट कैदीबन्दीले न्यूनतम रु सात हजारदेखि रु ४५ हजारसम्म कमाउने गरेका उनले जानकारी दिए ।


    थापाले विद्यालय, मन्दिर, गाउँपालिका भवन, सभाहललगायत ठाउँमा कारागारको सीप प्रयोग भएको बताए । उनले भने–“फल्चामा पनि उत्कृष्ट मेहनत गरेका छौँ । सस्तो र गुणस्तरीय भएकाले फल्चाबाहेक थुप्रै सरकारी संरचनामा कैदीबन्दीको सीप पुगेको छ ।” 


    “कारागारमा सबैभन्दा बढी मूल्यपर्ने अष्टनागको आकृतिसहित सालको काठको चौकोश निर्माण हुन्छ । जसको मूल्य रु आठ लाख पर्दछ । एउटा चौकोश निर्माण गर्न तीन जना जनशक्तिले एक महिनामा काम गर्नुपर्छ । त्यस्तै, भक्तपुरे आँखी झ्याल, फोटो फ्रेम, दराज टेबलसहितका आवश्यक सबै फर्निचर सामग्री निर्माण गर्ने गरिएको छ ।”–थापाले भने । 


    त्यस्तै, नेपालको प्रसिद्ध धाम रुरुक्षेत्रमा भरतपुर महानगरपालिका र रुरुक्षेत्र गाउँपालिकाको साझेदारीमा आकर्षक फल्चा निर्माण गरिएको छ । रुरु क्षेत्र गाउँपालिका–१, रिडीमा फल्चा निर्माण गरिएको हो । नीलकण्ठ कन्स्ट्रक्सनले रु ३२ लाख २६ हजार ८९१ को लागतमा फल्चा निर्माणको सम्झौता गरेर फल्चा निर्माण गरेको गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए ।


    रुरुक्षेत्र गाउँपालिका र भरतपुर महानगरपालिकाबिच भगिनी सम्बन्ध गाँसिएको छ । सोही सम्बन्धका कारण रुरुक्षेत्र गाउँपालिका र भरतपुर महानगरपालिकाबिच ५०–५० प्रतिशत रकम साझेदारीमा रिडीमा फल्चा, विष्णु मूर्तिसहितका पर्यटकीय संरचना निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष ज्ञवालीले बताए । रिडी बजार र कालीगण्डकी तटीय क्षेत्रलाई केन्द्रमा राखेर संरचना निर्माण तथा पुराना संरचना संरक्षण एवं लामाचौपारीमा ठूलो मन्दिर निर्माण कार्यसमेत अगाडि बढाइएको उनले जानकारी दिए । 


    अध्यक्ष ज्ञवालीले रुरुक्षेत्र धाम आफैँमा प्रसिद्ध भए पनि आवश्यक पर्यटकीय संरचना निर्माणको काममा आफूहरूले चासो दिएको जनाए । फाल्चा निर्माणसँगै यात्रुलाई आश्रम लिन सहज हुनुका साथै मौलिक सीपबाट बनाइएकाले हाम्रा सम्पदाको प्रचारप्रसार हुने उनले विश्वास व्यक्त गरे । यो पर्यटन प्रवद्र्धनका लागि पनि महत्त्वपूर्ण कदम हुने उनको भनाइ छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij