२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

नवलपरासी सेवा समाज कतारको सातौं स्थापना दिवस मनाइयो

नवलपरासी सेवा समाज कतारको सातौं स्थापना दिवस मनाइयो

नवलपरासी सेवा समाज कतारको सातौं स्थापना दिवस मनाइयो

नवलपरासी सेवा समाज कतारको सातौं स्थापना दिवस मनाइयो

नवलपरासी सेवा समाज कतारको सातौं स्थापना दिवस मनाइयो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, कार्तिक २ २०८२
आइतवार, कार्तिक २ २०८२
  • दोहा,कतार ।  नवलपरासी सेवा समाज कतारको सातौं स्थापना दिवस तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

    समाजका अध्यक्ष दुर्गा हमाल ठकुरीको सभापतित्व, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष कृष्ण पन्थीको प्रमुख आतिथ्यता र नवलपरासी सेवा समाजका संरक्षकहरु क्रमशः दिपक सेन, प्रेम पौडेल, सजन लौडारी र गोपाल थापा तथा सल्लाहकारहरु अमित बराली र सुरज कुवरको साथै लुम्बिनी प्रदेशका प्रमुख संरक्षक क्रान्ति सिंह, संरक्षक मोहम्मद मुक्तदा मुसलमान, प्रमुख सल्लाहकार बुद्ध पाण्डे, सल्लाहकारहरु बसन्त राज पुरी, विकास गैरे, बिजय बस्नेत, गणेश ढकाल र लुम्बिनी प्रदेशका उपाध्यक्ष टेकराज थापा एवं प्रदेश भित्रका सबै जिल्ला संस्थाका अध्यक्षहरु, महासचिव, सचिव तथा नवलपरासी बासी र लुम्बिनी बासीहरुको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

    मुन्ताजा पार्क नजिकै रहेको गोर्खाली रेष्टुरेन्टको सभाहलमा दिउँसो करिब १स्३० बजे दीप प्रज्वलन गरि व्यानर अनावरण सहित राष्ट्रिय गान बजाएर संस्थाको सातौं स्थापना दिवस लेखिएको ठुलो केक काटेर विधिवत रूपमा सुरु भएको कार्यक्रममा समाजका उपाध्यक्ष तथा कार्यक्रम संयोजक नर बहादुर थापाले स्वागत मन्तव्य राखेका थिए भने नेपालबाट कतार भिजिटमा आएकी बाल कलाकार बिनिसा भुसालले उत्कृष्ट नृत्य प्रस्तुत गरि उपस्थित अतिथिहरु लगायत सम्पुर्णलाई स्वागत गरिकी थिइन ।
     शुभकामना मन्तव्य सङ्गै सुरज कुंवरले नवलपरासी देखि नवलपरासी सेवा समाज कतार सम्मको यात्रा भन्ने विषयमा तयार पारिएको संघर्षको कथा  सचेतना मुलक भिडियो सामाग्री प्रस्तुत गरिएको थियो भने उक्त भिडियो सामाग्रीले परदेशमा संघ संस्थामा आवद्ध हुनुको फाइदा एवं संघर्ष र परिश्रम गर्ने मानिस एकदिन अवस्य सफल हुन सक्छ भन्ने सन्देश प्रवाह गर्न खोजिएको थियो।


    समाजका महासचिव चन्द्र गुरुङले सहजीकरण गरेको कार्यक्रम अवधिभर खुशी लामा, सानु लामा, सीता गुरुङ, निर्मला मगर, बिमला मगर लगायतका कलाकारहरुले उत्कृष्ट नृत्य प्रस्तुति प्रस्तुत गरेका थिए भने प्रदेश अन्तर्गतका सम्पुर्ण जिल्ला संस्था तथा संरक्षक सल्लाहकारहरुले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा इन्द्र कुमार गजमेर सुवासले साइबर सेक्युरिटी सम्बन्धि महत्त्वपूर्ण जानकारीहरु पनि गराएका थिए ।

    कतारबाट बाबुराम महत 

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पन्थिले नवलपरासी दोहामा स्थापित संघ संस्था मध्यका कान्छो संस्था भए पनि सधैं अरु संस्थाहरुले भन्दा पृथक कार्यक्रमहरु गर्ने गरेको प्रती खुशी व्यक्त गरे । पन्थिले संस्था स्थापना कालदेखिको सातौं स्थापना दिवस सम्म आफुले जिम्मेवारी लिएको पद र सातौं स्थापना सम्म आइपुग्दा समाजले पार गरेको विभिन्न परिस्थितिहरु लाई स्मरण गर्दै समाजले आगामी दिनमा पनि यस्तै तडक भडक रहित फरक, पृथक कार्यक्रम मात्रै गर्नेछ भन्नेमा आफू विश्वस्त रहेको बताए ।

    कार्यक्रममा प्रमुख अतिथि पन्थी र कतार घुम्न आएकी नवलपरासीकि चेली बिमला पन्थी भुसाललाई दोसल्ला ओढाएर साथै कार्यक्रममा प्रस्तुति दिने कलाकारहरु लाई पारिश्रमिक सहित सम्मान पत्र र साइबर सेक्युरिटी सम्बन्धि जानकारी गराएर कार्यक्रमलाई अझै महत्त्वपूर्ण बनाइदिन सहयोग गर्ने इन्द्र कुमार गजमेर सुवासलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

    सभापति दुर्गा हमाल ठकुरीले कार्यक्रम सफल बनाउन  उपस्थित हुने सम्पुर्ण प्रति आभार व्यक्त गरे । उनले नवलपरासी सेवा समाज कतारले गृह जिल्लामा विरामी असहाय तथा कतारमा समस्यामा परेका नेपालीहरु लाई साथ सहयोग गर्दै आएको र यो कार्यलाई निरन्तर दिन सबै संघ संस्थाहरु सङ्ग सहकार्य गरेर अघि बढ्ने बताए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij