२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, कार्तिक ९ २०८२
आइतवार, कार्तिक ९ २०८२
  • गुल्मी । गुल्मी जिल्लाको मदाने गाउँपालिका–१ कचुरखर्कमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मदाने गाउँपालिका–१ अग्लुङ फेदीबाट बालुवा लोड गरी वडा कार्यालयतर्फ आउँदै गरेको रा१त ३५०२ नम्बरको ट्याक्टर शनिबार राति दुर्घटनामा परेको हो ।

    दुर्घटनामा ट्याक्टरका सहचालक मदाने–१ निवासी १९ वर्षीय मेघराज पुनको मृत्यु भएको छ । उनी सडकबाट ५०० मिटर तल खसेका थिए । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । उकालो बाटोमा लोड तान्न नसकी ट्याक्टर ब्याक भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    ट्याक्टर चालक मदाने–१ का २२ वर्षीय निमन चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको जानकारी पाएपछि अस्थायी प्रहरी पोष्ट बाँझकटेरीबाट प्रहरी सहायक निरीक्षक छन्द्रविक्रम आचार्यको कमाण्डमा टोली खटिएको थियो । प्रहरीले शवलाई आवश्यक प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी गरेको बताइएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij