२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

तिहारमा फूल बिक्रीबाटै सात लाख

तिहारमा फूल बिक्रीबाटै सात लाख

तिहारमा फूल बिक्रीबाटै सात लाख

तिहारमा फूल बिक्रीबाटै सात लाख

तिहारमा फूल बिक्रीबाटै सात लाख
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, कार्तिक ११ २०८२
मंगलवार, कार्तिक ११ २०८२
  • प्रकाश डोटेल
    स्याङ्जा
    स्याङ्जाको चापाकोट नगरपालिका–१ बेलडाँडाका कृषक तुलसीराम भण्डारीले सयपत्री फूल बिक्री गरेर राम्रो आम्दानी गरेका छन् । भण्डारीले तिहारको अवधिमा फूलको माला, थुँगा र बिरुवा बिक्री गरेर सात लाख रुपैयाँ आम्दानी गरेका हुन् । 


    कृषक भण्डारीले तिहारमा माला बेचेर दुई लाख ५६ हजार १६० रुपैयाँ, फूलको थुँगा बिक्रीबाट चार लाख ७ हजार ५० आम्दानी गरेका हुन् । यसअघि सयपत्री फूलका बिरुवा बेचेर ५३ हजार आम्दानी गरेको कृषक भण्डारीले बताए । गएको तिहारमा सयपत्री फूलको माग अत्यधिक रहेको र सोहीअनुरुप मूल्य पनि राम्रो पाएको उनले सुनाए ।  


    कुल आम्दानी भएको ७ लाखमध्ये गाउँमै बेचेको फूलको हिसाब नगरिएको उनले जनाए । फूलको उत्पादन अझै केही महिना जारी रहने बताउँदै भण्डारीले चालु सिजनमा झण्डै १० लाख आम्दानी हुने जनाए । भण्डारीले शिक्षण पेशामा रहँदा सामान्य र अवकाशपछि व्यावसायिक रुपमा सयपत्री फूलखेती गर्दै आएका छन् । ६० वर्षीय भण्डारीले विगत चार वर्षदेखि फूलखेती गर्दै आएका छन् । 


    शिक्षकका रुपमा कार्यरत रहँदा नै फुर्सदको समयमा व्यावसायिक बन्दै आत्मनिर्भर बन्ने प्रयास गरेका भण्डारीले गाउँमै तीन रोपनी जग्गामा फूलखेती गरेका छन् । बाँझो जमिनको सदुपयोग गर्दै फूलखेतीका लागि थप क्षेत्रफल बढाउने योजना रहेको उनको भनाइ छ ।


    भण्डारीले अर्गानिक घर तथा कृषि फर्म दर्तागरी चार वर्षदेखि व्यावसायिक रूपमा फूलखेती गर्दै आएका हुन् । एकमुष्ठ र व्यापारीका लागि प्रतिकिलो ३०० देखि ३५० रुपैयाँका दरले फूल बिक्री गरेका भण्डारीले माला भने एक सयदेखि १५० सम्ममा बिक्री भएको जनाए । सयपत्री फूलको बिउ खरिदमा १० हजार जति खर्च गरेको भए पनि स्याहारसम्भार र गोडमेलका समेतको काममा परिवारका अन्य सदस्यले सघाउँदै आएको उनले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij