२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

विप्लव नेकपाले दियो दल दर्ताको निवेदन

विप्लव नेकपाले दियो दल दर्ताको निवेदन

विप्लव नेकपाले दियो दल दर्ताको निवेदन

विप्लव नेकपाले दियो दल दर्ताको निवेदन

विप्लव नेकपाले दियो दल दर्ताको निवेदन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, कार्तिक ११ २०८२
मंगलवार, कार्तिक ११ २०८२
  • काठमाडौं । नेत्रविक्रम चन्द्र 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दल दर्ताका लागि निर्वाचन आयाेगमा निवेदन दिएको छ । मंगलबार पार्टीका नेता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' नेतृत्वको टोलीले काठमाडौंको कान्तिपथस्थित आयाेगको कार्यालय पुगेर दल दर्ताको निवेदन दिएको हो ।

    पार्टीको नाम कम्युनिस्ट पार्टी, नेपाल प्रस्ताव गरिएको छ । निर्वाचन आयोगले प्राप्त निवेदन र संलग्न कागजातहरूको अध्ययन गरी आवश्यक प्रक्रिया पूरा भएपछि दल दर्तासम्बन्धी निर्णय लिनेछ ।

    एक समय सशस्त्र गतिविधि सञ्चालन गरेको र सरकारको प्रतिबन्धमा समेत परेको पार्टीले मूलधारको राजनीतिमा आउने तयारीस्वरूप मंगलबार आयोगमा निवेदन पेस गरेको हो ।

    तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग तीनबुँदे शान्ति सम्झौता गर्दै भूमिगत राजनीति छाडेर शान्तिपूर्ण मूलधारमा आएको विप्लव नेतृत्वको पार्टीले यसअघि निर्वाचन प्रक्रिया र संसदीय व्यवस्थाको आलोचना गर्दै आएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij