२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

त्रिपक्षीय छलफलमा जेनजीका १४ र राजनीतिक दलका १६ जना प्रतिनिधि सहभागी हुने

त्रिपक्षीय छलफलमा जेनजीका १४ र राजनीतिक दलका १६ जना प्रतिनिधि सहभागी हुने

त्रिपक्षीय छलफलमा जेनजीका १४ र राजनीतिक दलका १६ जना प्रतिनिधि सहभागी हुने

त्रिपक्षीय छलफलमा जेनजीका १४ र राजनीतिक दलका १६ जना प्रतिनिधि सहभागी हुने

त्रिपक्षीय छलफलमा जेनजीका १४ र राजनीतिक दलका १६ जना प्रतिनिधि सहभागी हुने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, कार्तिक १२ २०८२
बुधवार, कार्तिक १२ २०८२
  •  काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बस्न लागेको त्रिपक्षीय छलफलमा जेनजीबाट १४ जना सहभागी हुने भएका छन् ।

     

    त्रिपक्षीय छलफल प्रधानमन्त्री निवास वालुवाटारमा साँझ ४ बजे हुँदैछ । जहाँ सरकारको तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चारमन्त्री जगदिश खरेल उपस्थित हुनेछन् ।

     


    जेनजीबाट १४ जना र बिभिन्न राजनीतिक दलका १६ जना नेता सहभागी हुनेछन् ।

    जेनजीको आन्दोलनपछि बदलिएको परिस्थितिमा त्रिपक्षीय छलफल पहिलो पटक हुन लागेको हो । गत भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो । आन्दोलनको क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भएका थिए ।

    त्यसपछि प्रतिनिधि सभाबाटै अर्को सरकार बन्ने अवस्था बनेनन । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ ।

     


    कार्कीको नेतृत्वमा २७ भदौमा अन्तरिम सरकार बनेको हो । सरकारले यसअघि जेनजी र राजनीतिक दलका नेताहरूसँग छुट्टाछुट्टै रुपमा छलफल गर्दै आएको थियो । आज भने सरकार, जेनजी र राजनीतिक दलका प्रतिनिधि संयुक्त छलफलमा बस्न लागेका हुन् ।

     

    यसअघि यही कात्तिक ४ गते प्रधानमन्त्री कार्कीले बालुवाटारमै सर्वदलीय बैठक राखेकी थिइन् । त्यसअगाडि गत असोज २४ गते राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक राखेका थिए ।

     

    कतिपयले चुनाव हुनेमा संशय व्यक्त गरिरहेका बेला सरकारले भने चुनावको वातावरण बनाउने प्रयास अन्तर्गत छलफल गर्दै आएको जनाएको छ ।

     

    प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री भएपछि पहिलो पटक औपचारिक रुपमा त्रिपक्षीय छलफल राखेकी हुन् । उनी गत भदौ २७ गते प्रधानमन्त्री भएकी थिइन्। त्यसदिन राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते चुनाव गर्ने गरी कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्।

     

    प्रधानमन्त्री कार्कीका प्रेस संयोजकमा राम रावलका अनुसार निर्वाचनको वातावरण बनाउने पहलस्वरुप प्रधानमन्त्री कार्कीको आह्वानमा सरकार, राजनीतिक दल र जेनजीबीच त्रिपक्षीय छलफल हुन लागेको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij