२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

रुपन्देहीमा माइक्रोबसको ठक्करबाट बालिकाको मृत्यु

रुपन्देहीमा माइक्रोबसको ठक्करबाट बालिकाको मृत्यु

दुर्घटनापछि गाडीमा तोडफोड र आगजनी

रुपन्देहीमा माइक्रोबसको ठक्करबाट बालिकाको मृत्यु

रुपन्देहीमा माइक्रोबसको ठक्करबाट बालिकाको मृत्यु

दुर्घटनापछि गाडीमा तोडफोड र आगजनी

रुपन्देहीमा माइक्रोबसको ठक्करबाट बालिकाको मृत्यु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, कार्तिक १३ २०८२
बिहिवार, कार्तिक १३ २०८२
  • सैनामैना  । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१६ बैठालियामा माइक्रोबसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।

    बुटवलबाट सूर्यपुरातर्फ जाँदै गरेको भित्रीबाटोमा लु १ ख ४७४९ नम्बरको माइक्रोबसले विपरीत दिशाबाट आउँदै गरेको साइकलयात्रीलाई ठक्कर दिएको हो । सो साइकल बुटवल–१६ की पार्वती चौधरीले चलाएकी थिइन् । ठक्करका कारण साइकलमा सवार उनकी छोरी कृति चौधरी (२ वर्ष) गम्भीर घाइते भएकी थिइन् ।

    घाइते बालिकालाई तत्काल उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल लगिएको थियो, तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

    दुर्घटनापछि आक्रोशित स्थानीयवासीले उक्त माइक्रोबसमा तोडफोड र आगजनी गरेका थिए । घटना जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय मुर्गियाबाट खटिएको टोलीले घटनास्थल पुगेर स्थिति नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय मुर्गियाका अनुसार, “प्रहरी टोली घटनास्थल पुग्नेबित्तिकै भिड नियन्त्रणमा लिइयो र गाडीमा थप क्षति हुन दिइएन ।” प्रहरीका अनुसार गाडीको केही भाग क्षतिग्रस्त र जलेको छ । माइक्रोबस र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मुर्गियाले जनाएको छ ।

    बुधबार साँझ रुपन्देहीको बुटवल–१६ बैठालियामा दुर्घटनाग्रस्त माइक्रोबस । दुर्घटनापछि स्थानीयवासीले गाडीमा तोडफोड र आगजनी गरेका थिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij