२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

स्याङ्जामा सुन्तला उत्पादन बढ्ने

स्याङ्जामा सुन्तला उत्पादन बढ्ने

स्याङ्जामा सुन्तला उत्पादन बढ्ने

स्याङ्जामा सुन्तला उत्पादन बढ्ने

स्याङ्जामा सुन्तला उत्पादन बढ्ने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, कार्तिक १४ २०८२
शुक्रवार, कार्तिक १४ २०८२
  • प्रकाश डोटेल
    स्याङ्जा
    स्याङ्जामा यस वर्ष सुन्तलाको उत्पादन बढ्ने भएको छ । अनुकूल मौसम, रोगकिराको कम सङ्क्रमण र सुन्तला उत्पादन दिने बोटको संख्यामा वृद्धि भएसँगै गएको वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि हुने अनुमान गरिएको होे ।


    झण्डै एक दशकअघि ८ सय ५० हेक्टरमा सुन्तला खेती गरिंदै आएकोमा पछिल्लो वर्षको तथ्याङ्कअनुसार जिल्लामा दुई हजार ३५० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ । सुन्तला फूल्ने र दाना लाग्ने मौसममा प्राकृतिक रुपमा असिना पानी कम परेको र रोगकिराको संक्रमण कम भएका कारणले उत्पादनमा वृद्धि हने अनुमान गरिएको छ ।  


    चालु सिजनमा २२ हजार मेट्रिकटन सुन्तला उत्पादन हुने प्रारम्भिक अनुमान गरिएको छ । गत वर्षकै मूल्यमा कारोबार भए जिल्लाका सुन्तला उत्पादक किसानले एक अर्ब ३० करोडभन्दा आम्दानी गर्ने छन् । गत वर्ष उत्पादित १९ हजार मेट्रिकटन सुन्तला बिक्रीबाट किसानले करिब एक अर्ब १२ करोड आम्दानी लिन सफल भएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई स्याङ्जाका प्रमुख अजय अधिकारीले जानकारी दिए । 


    विगतका वर्षको तुलनामा चालु वर्ष सुुन्तला उत्पादन बढ्ने भएपछि  किसानहरु खुसी भएका छन् । अनुुकुूल मौसम, रोगकिराको न्यून प्रभाव, राम्रा र रसिला दाना भएका सुन्तलाले बजारमा राम्रो मूल्य पाउँदै आएको सुन्तला उत्पादक किसान बताउँछन् । सुन्तलामा गुलियो पसिसकेको छ भने पहेँलो बन्ने क्रममा रहेको उनीहरुले बताए ।


    स्याङ्जामा उत्पादित सुन्तलाको माग धेरै भएकाले बजारमा बिक्री हुन थालेको सुन्तला सुपरजोन सञ्चालक समितिका अध्यक्ष बोधराज अर्यालले बताए । उनका अनुसार सुन्तला खरिदका लागि (सुन्तला ठेकेदार) व्यापारी गाउँगाउँ पुग्न थालेका छन् । कतिपय व्यापारीले सुन्तला खरिद गरेर बिक्रीका लागि बजार पु¥याएका छन् । जिल्लाका अधिकांश सुन्तला व्यापारीले बगैचामै पुगेर खरिद गर्ने गरेका छन् । 


    पछिल्लो समय जिल्लामा व्यावसायिक सुन्तला खेती गर्नेको संख्यामा समेत वृद्धि हुँदै गएको छ ।
      बजारमा राम्रो मूल्य पाइने र अन्य खेतीको तुलनामा धेरै मेहनत गर्न नपर्ने भएपछि किसान सुन्तला खेतीतर्फ आकर्षित भएका हुन् । स्थानीय तहसँगै प्रदेश र संघ सरकारले सुन्तला किसानलाई प्राथमिकता दिएर सहयोग गर्दै आएका छन् ।


    भुगोल र जातअनुसार जिल्लामा साउनदेखि फागुनसम्म सुन्तला उत्पादन र बिक्री हुने गरेको छ । पछिल्लो समय सुन्तला व्यवसायलाई मुख्य आम्दानीको श्रोत बनाउने किसानको संख्यामा वृद्धि हुँदै गएको छ । जिल्लामा सुन्तला बगैँचाको वृद्धिसँगै उत्पादक किसान थपिने क्रम बढ्दै गएको जिल्लाका अगुवा किसान फणीनारायण अर्यालले बताए ।


    स्याङ्जाका ११ वटै पालिकाका प्रायः सबै क्षेत्रमा व्यवसायिक रुपमा सुन्तला खेती गरिंदै आएको छ । जिल्लाका ९७ वडामध्ये झण्डै ९० वडामा सुन्तला उत्पादन हुने गरेको छ ।  जिल्लाका पुतलीबजार, भीरकोट, वालिङ र गल्याङ नगरपालिकासहित फेदखिोला, आँधीखोला, बिरुवा, हरिनास, अर्जुनचौपारी गाउँपालिकाका अधिकांश वडा सुन्तलाका पकेट क्षेत्र हुन् ।
    सुन्तलाबाट प्रतिकिसानले वर्षेनी एक लाखदेखि ४० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । 


    प्रतिहेक्टर १४ देखि १७ मेट्रिकटन सुन्तला उत्पादन हुँदै आएको छ । बिरुवा रोपेको पाँच वर्षभित्रमा सुन्तलाले फल दिने गर्छ, अझ कलमी जातको बिरुवाले रोपेको तीन वर्षमै फल दिने गरेको स्थानीय किसानले बताए । वर्षेनी ५ देखि ३० लाख रुपैयाँसम्म नगद आम्दानी लिनसक्ने जिल्लामा सुन्तला उत्पादक दर्जनौं किसान छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij