२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

उत्कृष्ट स्वास्थ्य सेवामा कञ्चनसहित तीन पालिका सम्मानित

उत्कृष्ट स्वास्थ्य सेवामा कञ्चनसहित तीन पालिका सम्मानित

उत्कृष्ट स्वास्थ्य सेवामा कञ्चनसहित तीन पालिका सम्मानित

उत्कृष्ट स्वास्थ्य सेवामा कञ्चनसहित तीन पालिका सम्मानित

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, कार्तिक १६ २०८२
आइतवार, कार्तिक १६ २०८२
  • जगीलाल थापा
    कञ्चन
    लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय स्वास्थ्य कार्यालय रुपन्देहीले स्थानीय तहमा स्वास्थ्यका हरेक मापदण्डहरु पूरा गरेको आधारमा रुपन्देहीका उत्कृष्ट तीन स्थानीय तहरुलाई सम्मान गरेको छ ।


    आर्थिक वर्ष २०८१-०८२ मा स्वास्थ्य कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरी मुख्य मुख्य सूचाङ्कहरुको आधारमा गरिएको मूल्याङ्कनमा कञ्चन गाउँपालिका तेश्रो भएको हो । रूपन्देही जिल्लाका १६ स्थानीय तहरुमध्ये कञ्चन गाउँपालिका तेश्रो हुँदा मर्चवारी गाउँपालिका पहिलो भएको कञ्चन गाउँपालिकाका जनस्वास्थ्य अधिकृत गणेश सुनारले जानकारी दिए ।


    यसैगरी सिद्धार्थ नगरपालिका दोश्रो भएको छ । स्थानीय तहमा विभिन्न जन स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रम गरी नागरिकहरुको जीवन स्वस्थ बनाउने कार्यमा अहम भूमिका खेल्दै आइरहेका १६ वटै स्थानीय तहलाई लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री खेमबहादुर सारुले बधाई तथा धन्यवाद दिएका थिए ।


    लुम्बिनी प्रदेश स्वस्थ्य मन्त्रालयका सचिव दुर्गा लक्ष्मी श्रेष्ठले स्थानीय तहलाई स्वास्थ्यका विभिन्न सुचाङ्कहरु पूरा गरी सबल बनाउन अहम भूमिका खेल्ने स्वास्थ्यकर्मी, सामुदायिक महिला स्वस्थ्य स्वयम्सेविका, स्थानीय जनप्रतिनिधि, कर्मचारी, साझेदार संस्था, टोल विकास संस्था, क्लब तथा आमा समूहलगायत सरोकारवाला सबैलाई धन्यवाद दिँदै सराहना व्यक्त गरेका थिए ।


    कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यलयका जनस्वास्थ्य प्रशासक उमादेवी थापाले आगामी दिनहरुमा पनि स्वास्थ्य सेवा प्रदान गर्ने कार्यमा उच्च मनोबलकासाथ समर्पित हुने  विश्वास व्यक्त गरिन् ।


    पालिकाभित्र वर्षभरी विभिन्न स्वास्थ्यसम्बन्धी कार्यक्रमहरु सञ्चालन गरी जिल्ला स्वास्थ्य कार्यालयले दिएको मापदण्ड र सूचाङ्कहरु पूरा गरि कञ्चन गाउँपालिका  तेश्रो भएकोमा खुशी व्यक्त गर्दै कञ्चन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवराज पोख्रेलले आगामी दिनहरूमा स्वास्थ्यको क्षेत्रमा अझ प्रभावकारी र गुणस्तरीय  सेवा प्रवाह गर्न साथै उत्कृष्ट नतिजा हासिल गर्न सरोकारवाला सबैको निरन्तर सहयोग, सहभागिता र प्रतिबद्धता रहनेछ भन्ने विश्वास व्यक्त गरे ।


    यसै सन्दर्भमा कञ्चन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ढालबहादुर जिसीले पालिकालाई जिल्लामै तेश्रो बनाउन महत्वपूर्ण भूमिकासहित योगदान गर्ने सम्पूर्ण सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी, टोल विकास संस्था तथा साझेदार संस्थाका सबै प्रतिनिधिहरुलाई धन्यवादसहितहरुमा बधाई समेत ज्ञापन गरेका थिए ।


    जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले हतेक वर्ष जिल्लाका स्थानीय तहहरू र स्वास्थ्य कार्यालयअन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको प्रमुख सूचकहरूका आधारमा मूल्याङ्कन गरी उत्कृष्ट स्थानीय तहहरुलाई सम्मान तथा प्रोत्साहन गर्दै आइरहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij