२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

बुटवलमा माघमा कृषि मेला हुने

बुटवलमा माघमा कृषि मेला हुने

बुटवलमा माघमा कृषि मेला हुने

बुटवलमा माघमा कृषि मेला हुने

बुटवलमा माघमा कृषि मेला हुने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, कार्तिक १८ २०८२
मंगलवार, कार्तिक १८ २०८२
  • बुटवल । बुटवलमा आगामी माघमा कृषि मेला हुने भएको छ । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजनामा यही माघमा कृषि मेला गर्न लागिएको हो । 


    सोमबार बसेको कार्यसमिति बैठकले आगामी माघको १४ देखि १८ गतेसम्म बुटवलको प्रदर्शनी स्थल ‘बुटवल मण्डप’मा कृषि मेला गर्ने निर्णय गरिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराए । 


    बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले कृषि क्षेत्रको विकास र प्रवर्धनका लागि संघले २०६२ सालदेखि गर्दै आएको विशिष्टिकृत कृषि मेला गर्दै आएको छ ।


     संघका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले आगामी माघमा आयोजना गर्न लागिएको कृषि मेलालाई नमूना कृषि मेलाका रुपमा आयोजना गर्ने निर्णय गरिएको हो । नेपालमा परम्परागत रुपमा हुँदै आएको कृषि प्रणाली पछिल्लो समयमा व्यवसायिक रुपमा सुरुवात भएको र यसलाई अझै कसरी वैज्ञानिक बनाउन सकिन्छ र कसरी प्रतिस्पर्धी क्षमताको विकास गर्न सकिन्छ  भन्ने कुरामा विशेष ध्यान दिइने अध्यक्ष अर्यालले बताए । 


    उनका अनुसार कृषि प्रणालीको विकास र प्रवर्धनका लागि किसान, सेवा प्रदायक संस्थाहरु, उपभोक्ता र सरकारबिचको तारतम्य मिल्न आवश्यक छ । ‘मेलामा यी चार संयन्त्रको तारतम्य कसरी मिलाउन सकिन्छ भन्ने कुराको समेत खोजी हुनेछ ।’–उनले भने । त्यसैगरी कृषिजन्य उत्पादनहरुको प्रदर्शनी, बिक्री वितरण, कृषि प्रविधि, औजार तथा उपकरणको प्रदर्शनी तथा बिक्री वितरण, किसान, उपभोक्ता, सेवा प्रदायक संस्थाहरु र सरकारबिच अन्तरक्रियालगायतका कार्यक्रम गरिने छ । 


    त्यसैगरी कार्यसमिति बैठकले मजदुर नेता कमल गौतमको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बुटवल निवासी जिफण्टका केन्द्रीय उपाध्यक्ष गौतमको यही कात्तिक १३ गते ट्रंक लाइन विवादमा भैरहवामा आयोजना गरिएको उद्योगीहरुको विरोध प्रदर्शनमा मन्तव्य राख्ने क्रममा बेहोस् भई लडेर मृत्यु भएको थियो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij