बुटवल । जेन जी रूपन्देहीले आफ्नो मस्यौदापत्र सार्वजनिक गरेको छ। मस्यौदापत्रमा संगठनको उद्देश्य, संरचना, नीति, कार्ययोजना र भावी दिशाबारे विस्तृत रूपमा समावेश गरिएको छ।
दस्तावेजको मुख्य उद्देश्य सुशासन कायम गर्ने, युवाहरूलाई नीति निर्माणमा प्रत्यक्ष रूपमा सहभागी गराउने, रूपन्देहीलाई सामाजिक, राजनीतिक र आर्थिक रूपले सशक्त बनाउने र नयाँ पुस्ताको आवाजलाई संस्थागत रूपमा प्रस्तुत गर्ने लगायत रहेका जेन जी रुपन्देही तदर्थ समितिका सचिव सुरज पोख्रेलले जानकारी दिए ।
जेन जी रूपन्देहीले मस्यौदालाई पूर्ण, समावेशी र व्यापक बनाउन सबै नागरिक, विशेष गरी युवाहरूसँग सुझाव र प्रतिक्रियाका लागि आग्रह गरेको छ ।




