२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

सहकारीद्वारा मकैको पीठो बजारीकरण

सहकारीद्वारा मकैको पीठो बजारीकरण

सहकारीद्वारा मकैको पीठो बजारीकरण

सहकारीद्वारा मकैको पीठो बजारीकरण

सहकारीद्वारा मकैको पीठो बजारीकरण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, कार्तिक १९ २०८२
बुधवार, कार्तिक १९ २०८२
  • गुल्मी । यहाँको मुसिकोट नगरपालिकामा सहकारीमार्फत् मकैको पीठो ब्रान्डिङ गरेर बजारीकरण गरिएको छ । मुसिकोट नगरपालिका–३ स्थित साना किसान कृषि सहकारी संस्थाले बडागाउँ फेदीमा स्थापना गरेको खाद्य प्रशोधन उद्योगबाट मकैको पीठो उत्पादन गरिएको हो । 


    बजारमा मकैको पीठोको माग बढ्न थालेको साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष हरि छन्तेलले बताए । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ गुल्मीले उद्योगका लागि केही उपकरण अनुदानमा सहयोग गरेको छ । उद्योगका लागि नगरपालिका र कृषि ज्ञानकेन्द्रबाट रु ७३ लाख र साना किसान सहकारी संस्थाबाट रु १६ लाख ५० हजार सहयोग उपलब्ध गराएको थियो । उक्त रकमबाट उद्योगको भवन निर्माणदेखि पीठो बजारीकरणसम्म करिब ९० लाख लागेको सहकारी संस्थाका अध्यक्ष छन्त्यालले जानकारी दिए ।


    साना किसान सहकारीले किसानहरुको मकै प्रतिपाथी रु २०० मा खरिद गरी प्रशोधन, लेबलिङ र प्याकेजिङ गरेर बजारमा पु¥याउने गरेको छ । हाल पीठो प्रतिकिलोे रु १३० मा बिक्री भइरहेको छ ।  सहकारीले २५ किलोको बोरामा पनि पीठो प्याकेजिङ गरेको छ ।


    सहकारीले यस वर्ष ३५ टन मकैको पीठो बिक्री गर्ने लक्ष्य लिएको सहकारी संस्थाका व्यवस्थापक विवेक पेमीले जानकारी दिए । करिब ३०० किसान सहकारीमा आबद्ध छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij