२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

‘किसानका उत्पादनको बजारीकरण आवश्यक’

‘किसानका उत्पादनको बजारीकरण आवश्यक’

‘किसानका उत्पादनको बजारीकरण आवश्यक’

‘किसानका उत्पादनको बजारीकरण आवश्यक’

‘किसानका उत्पादनको बजारीकरण आवश्यक’
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, कार्तिक १९ २०८२
बुधवार, कार्तिक १९ २०८२
  • नवलपरासी ।  नवलपरासी पश्चिममा   वार्षिक रुपमा ८ लाख ७५ हजार ६९ मेट्री टन खाद्यान उत्पादन हुने गरेको कृषि ज्ञानकेन्द्रले जनाएको छ । 


    कुल खेती योग्य जमिन २७ हजार हेक्टरमा उक्त खाद्यान उत्पादन हुने कृषि ज्ञानकेन्द्रका प्रमुख डाक्टर रविन्द्र नाथ चौवेले बताए । उनले उक्त कुरा मंगलबार आयोजित ४५औँ  विश्व खाद्य दिवस कार्यक्रममा बताएका हुन् । कृषि ज्ञानकेन्द्र पश्चिम नवलपरासीको आयोजनामा ४५औँ विश्व खाद्य दिवस मनाइएको छ ।

    जिल्ला समन्वय समितिका प्रमुख भगवति यादवले उक्त अवसरमा कृषिको क्षेत्रमा तीनवटै सरकारको समन्वयमा किसानलाई मलखाद, बिउ बिजन र सिँचाइको प्रबन्ध गर्नुपर्ने बताए । किसानले उत्पादन गरेको वस्तुको बजारीकरण आवश्यक भएकोमा जोड दिँदै प्रमुख यादवले अहिलेको अवस्थामा स्वच्छ, पोषणयुक्त र सन्तुलित भोजन सबैलाई आवश्यता रहेको जनाए । 


    स्वच्छ, पोषणयुक्त र सन्तुलित भोजनको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यसहित प्रत्येक वर्ष अक्टोबर १६ मा यो दिवस मनाउने गरिन्छ । यस वर्षको दिवसको नारा ‘स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो’ भन्ने नाराका साथ मनाइएको छ । संयुक्त राष्ट्रसंघको २०औँ साधारणसभाले सन् १९७९ मा खाद्य तथा कृषि संगठन (एफएओ) को स्थापना दिवसका अवसरमा खाद्य दिवस मनाउने प्रस्ताव पारित गरेको थियो ।  


    त्यसयता सन् १९८१ देखि हरेक वर्ष विश्व खाद्य दिवस मनाइँदै आएको छ । दिवश अक्टोबर १६ मा मनाउने भएको भएता पनि नेपाल एक महिनासम्म मनाउने गरिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij