२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

विप्लव–जनार्दन–घनश्याम सहकार्य गर्न तयार

विप्लव–जनार्दन–घनश्याम सहकार्य गर्न तयार

विप्लव–जनार्दन–घनश्याम सहकार्य गर्न तयार

विप्लव–जनार्दन–घनश्याम सहकार्य गर्न तयार

विप्लव–जनार्दन–घनश्याम सहकार्य गर्न तयार
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, कार्तिक २१ २०८२
शुक्रवार, कार्तिक २१ २०८२
  • काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव, माओवादी केन्द्र परित्याग गरेका जनार्दन शर्मा र एकीकृत समाजवादी महासचिव घनश्याम भूसालले राजनीतिक सहकार्य गर्ने भएका छन्।

     

    शुक्रबार बिहान भएको भेटपछि तीन नेता मुलुकको राजनीतिक अन्योललाई सम्बोधन गर्ने गरी सहकार्य गर्न तयार भएका हुन्।

     


    शर्मा र भूसाल शुक्रबार बिहानै हरिसिद्धीस्थित विप्लवनिवास पुगेका थिए। त्यहाँ उनीहरूबीच मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, कम्युनिष्ट पार्टीहरूबीच सहकार्यलगायतका विषयमा छलफल भएको थियो।

     

    ‘हामी सहकार्यमा छौं। आजको मुलुकको आवश्यकताअनुसार सहकार्यलाई विस्तार गर्ने, घनिभूत बनाउनेतर्फ छलफल गर्दैछौं,’ बैठकपछि भूसालले भने, ‘मुलुकको राजनीतिक अन्योललाई सम्बोधन गर्नेगरी सहकार्यलाई विकसित गर्दै जानेछौं।’

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij