२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

सक्षम सहकारीमा नयाँ नेतृत्व

सक्षम सहकारीमा नयाँ नेतृत्व

सक्षम सहकारीमा नयाँ नेतृत्व

सक्षम सहकारीमा नयाँ नेतृत्व

सक्षम सहकारीमा नयाँ नेतृत्व
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, कार्तिक २३ २०८२
आइतवार, कार्तिक २३ २०८२
  • बुटवल  ।  सक्षम बचत तथा ऋण सहकारी संस्था लि। को अठारौं वार्षिक साधारण सभा तथा छैठौं निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको छ । 


    छैठौं अधिवेशनबाट लिलाधर लुइँटेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो । नयाँ कार्यसमितिमा अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष सहित अधिकांश सदस्यहरु पुनः दोहोरिएका छन् । नयाँ कार्य समितिको उपाध्यक्षमा देवीराम पाण्डे, सचिवमा दीपक खड्का, कोषाध्यक्षमा हिमालय पौडेल निर्वाचित भएका छन् ।  


    त्यसैगरी सदस्यहरुमा शालिकराम न्यौपाने, सरिता बेल्बासे, जुनुदेवी रावत न्यौपाने, पुनम घिमिरे, चंखा पुन (चन्द्र) निर्वाचित हुनुभएको छ । त्यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा कल्पना घिमिरे, सदस्यहरुमा सुमित्रा भुसाल न्यौपाने, सरोज पाण्डेय निर्वाचित भएका थिए । 


    यसअघि साधारणसभाको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका सहकारी विभाग प्रमुख गुनाकर खनालले केही सहकारीमा भएका अनियमितताका कारण सहकारीबारे अफवाह फैलिए पनि धेरै सहकारी राम्रो ढंगले अघि बढिरहेको बताए। 


    सहकारी संस्थाका अध्यक्ष लिलाधर लुइँटेलको अध्यक्षता, उपाध्यक्ष देवीराम पाण्डेको स्वागत मन्तव्य, सचिव दीपक खड्काको संचालन रहेको कार्यक्रममा अध्यक्ष लुइँटेलले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष हिमालय पौडेलले आर्थिक प्रतिवेदन, लेखा सुपरीक्षेण समिति सदस्य सुमित्रा भुसाल न्यौपानेले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्ततु गरे । 


    सो अवसरमा संस्थाका निवर्तमान अध्यक्ष दीपक रायमाझी, सल्लाहकार युवराज पौडेल, संस्थाका शेयर सदस्यहरु यमलाल भुसाल, सेमन्तमणि सापकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गरे।


    कार्यक्रममा जेष्ठ शेयर सदस्यहरु तेजप्रसाद पाण्डे, दयाराम श्रेष्ठ, लिलादेवी पाण्डे, सामुदायिक विद्यालयतर्फ कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने नवीन औद्योगिक कद्दरबहादुर रीता माविकी छात्रा वर्षा भुसाल, असल ऋणी राम चौधरी, असल बाल बचतकर्ता याशिका पौडेल, नियमित बचतकर्ता कमल प्रसाद अर्याल, सदस्य बिस्तारतर्फ शालिकराम न्यौपाने लगायतलाई सम्मान गरिएको थियो । 


    निर्वाचन प्रयोजनको लागि गुणाकर खनाल निर्वाचन समितिको संयोजक रहनुभएको थियो भने सदस्यहरुमा युवराज पौडेल र अधिवक्ता ओमप्रसाद पंगेनी रहेका थिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij