२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

सडक सुविधाले कालीगण्डकीमा स्टिमर बन्द हुँदै, व्यवसायी विस्थापित

सडक सुविधाले कालीगण्डकीमा स्टिमर बन्द हुँदै, व्यवसायी विस्थापित

सडक सुविधाले कालीगण्डकीमा स्टिमर बन्द हुँदै, व्यवसायी विस्थापित

सडक सुविधाले कालीगण्डकीमा स्टिमर बन्द हुँदै, व्यवसायी विस्थापित

सडक सुविधाले कालीगण्डकीमा स्टिमर बन्द हुँदै, व्यवसायी विस्थापित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, कार्तिक २३ २०८२
आइतवार, कार्तिक २३ २०८२
  • प्रकाश डोटेल
    स्याङ्जा
    बर्खाको समयमा पानीको बहाव बढेसँगै जेठ महिनाबाट बन्द भएको स्याङ्जाको मिर्मीस्थित आँधीमुहानदेखि सेतीबेनीसम्मको स्टिमर (जलयातायात) सेवा पुनः सुचारु भएको छ ।


     पानीको घट्दो बहाव र हिउँदमा कम पानी पर्ने भएपछि बन्द रहेको स्टिमर सेवा कात्तिक महिना लागेसँगै पुनः सुचारु भएको हो ।
    नेपालको सबैभन्दा ठूलो जलविद्युुत् कालीगण्डकी ‘ए’ परियोजनामा बाँध निर्माण गरेपछि बनेको जलाशयमा २३ वर्षदेखि जलयातायात सेवा वर्षात्को ३-४ महिना बाहेकको समयमा सञ्चालन हुँदै आएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मीस्थित आँधीमुहानदेखि स्याङ्जा, पर्वत र गुल्मीको सङ्गमस्थल सेतीबेनीसम्म साढे ७ किलोमिटरको दूरीमा स्टिमर सेवा सञ्चालनमा छ ।


    जिल्ला प्रशासन कार्यालय स्याङ्जाको २०६२ सालमा स्वीकृत र आर्थिक वर्ष २०७०÷०७१ मा कम्पनी रजिष्ट्रारमा दर्ता भएर सेवा सञ्चालनमा आएको हो । सुरुवातका चरणमा साना र ठूला गरी १२ वटा स्टिमर रहेपनि पछिल्लो समय तीन वटा मात्रै स्टिमरबाट सेवा दिँदै आएको शिला शालीग्राम कालीगण्डकी जलयातायात प्रालिका अध्यक्ष  डोलराज भट्टराईले बताए । स्याङ्जा पर्वत, गुल्मी र बाग्लुङ्गका साविक ३६ गाविसको आवगमन गर्ने गतिलो माध्यम स्टिमर सेवा बनेको भट्टराईले बताए ।


    स्याङ्जाको सिमाना पर्वततर्फ कालीगण्डकी करिडोर र गुल्मीतर्फ कालीगण्डकी लोकमार्ग खुलेपछि स्टिमर सेवा मेला विशेषमा आन्तरिक पर्यटकहरु र शिला शालीग्राम दर्शन गर्नमा मात्र सीमित बन्दै गएको छ । शिला अवलोकन गर्न यदाकदा आउनेहरुले रिजर्भ गरेर सेतीबेनी पुग्ने गरे पनि यात्रुहरुको अभावमा स्टिमर नियमति चल्न सकेको छैन । धेरै स्टिमर व्यवसायी विस्थापित भइसकेका छन् ।


    विगतमा सेतीबेनी बजारका व्यापार गर्ने, पर्वत गुल्मी र बाग्लुङ्गका व्यापारीहरुले स्टिमरबाट खाद्यान्न ढुवानी गर्दै आएका थिए । कालीगण्डकी लोकमार्ग र करिडोरले पर्वत र गुल्मी खण्डमा सुविधा सम्पन्न सडक विस्तार भएसँगै स्याङ्जातर्फ मोटरबाटोको सहज पहुँच पुगेपछि स्टिमर सेवा प्रभावित बनेको स्टिमर व्यवसायी टिकाराम कुँवरले बताए ।

     
    दैनिक पाँच सयदेखि एक हजार यात्रुहरुले स्टिमरमार्फत् जलयात्रा गर्दै आएका थिए । पछिल्लो समय जलयातायात सेवाले यात्रु पाउन छाडेपछि स्टिमर व्यवसायी मर्कामा परेका हुन् । स्टिमर नचलेपछि अधिकांश स्टिमर बिग्रएर थन्किएका छन् । 
    केही स्टिमरलाई बर्खाको भेलले बगायो भने थोरै बचेका स्टिमर टुट्ने, फुट्ने र गल्ने भएर काम नलाग्ने अवस्थामा पुगेका छन् । स्टिमर सेवालाई निरन्तर दिन ठूलो खर्च लाग्ने र यात्रु अभावले लगानी नउठ्ने डर भएपछि व्यवसायी विस्थापित बन्न बाध्य भएका छन् ।


    स्थानीय सरकारले निर्धारण गरे अनुरुप प्रतिव्यक्ति एकतर्फी टिकट काटेर जाँदा २ सय रुपैयाँ तिर्नुपर्छ । रिजर्भ गरेमा स्टिमरको क्षमताअनुसार दुई हजारदेखि माथिको मूल्य तोकिएको छ । 


    कालीगण्डकी नदीमा मिर्मीको आँधीमुहानदेखि सेतीबेनीसम्मको साढे ७ किलोमिटर दुरी जलयात्रा ३० मिनेटदेखि ४५ मिनेटसम्मको समय लाग्ने स्थानीयले बताए ।


    यात्रुहरुले स्टिमर चढ्न छाडेर बस, जीप, मोटरसाइकल, अटोलगायतका सवारी साधन प्रयोग गर्न थालेपछि स्टिमर व्यवसायी थप समस्यामा पर्दै गएका छन्् । सडक सञ्जाल विस्तार र सहज पहुँचले आँधीमुहान र सेतीबेनीका बजार सुनसान बन्दै जाँदा र सवारी साधनमा भाडा सस्तो भएपछि स्टिमर चढ्ने यात्रु घट्दै गएका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij