२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

जितेश्वरी जिवन बिज्ञान प्रयोगशालाले मनायो पहिलो वार्षिकोत्सव

जितेश्वरी जिवन बिज्ञान प्रयोगशालाले मनायो पहिलो वार्षिकोत्सव

जितेश्वरी जिवन बिज्ञान प्रयोगशालाले मनायो पहिलो वार्षिकोत्सव

जितेश्वरी जिवन बिज्ञान प्रयोगशालाले मनायो पहिलो वार्षिकोत्सव

जितेश्वरी जिवन बिज्ञान प्रयोगशालाले मनायो पहिलो वार्षिकोत्सव
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, कार्तिक २३ २०८२
आइतवार, कार्तिक २३ २०८२
  • बुटवल । जितेश्वरी जिवन बिज्ञान प्रयोगशाला बुटवल १३ जितगढिले आफ्‌नो पहिलो वार्षिकोत्सव मनाएको छ । 

    योग, ध्यान , प्रणायमको माध्यमबाट जीवनशैली परिवर्तन गराउँदै आएको संस्थाले बिचमा शनिबार र आईतबार योगा प्रशिक्षक गुरुहरुलाई सम्मान गर्नुका साथै दिप प्रज्वलन समेत गरेको छ । 

    संस्थाका अध्यक्ष तारा गौडेलको अध्यक्षतामा भएको कार्यक्रम सचिव केशव पौडेलको सञ्चालनमा सम्पन्न भएको थियाे । 
    सो अवसरमा हरेक दिन निशुल्क योगा प्रशिक्षण गर्ने योग गुरुहरु कपिल गौतम, केशव प्रसाद खनाल, हरि पोखरेल, पदम राज बस्याल लाई सम्मान गरिएको थियो । 

    सम्मान पश्चात सम्मानीत गुरुहरुले योग अहिलेको ब्यस्त जिवनशैलीलाई व्यवस्थीत बनाउन निकै उपयोगी हुने बताएका थिए । 

    IMG_20251108_065417.jpg


    सो अवसरमा पार्वती बस्यालले योग, ध्यान, प्रणायमको माध्यमबाट आफुमा परेको सकारत्मक प्रभावको बारेमा बताईन् । प्रमिला उप्रेतीले वार्षिकोत्सवको अवसरमा शुभकामना ब्यक्त गरिन् । सुमित्रा अर्यालले कविता बाचन मार्फत शुभकामना दिईन् । 

    प्रयोगशालाबाट ५० जनाले दैनिक रुपमा योग प्रशिक्षण लिने गरेको चन्दावती सापकोटाले जानकारी दिईन् । जितेश्वरी जिवन बिज्ञान प्रयोगशालामा सबैभन्दा धेरै प्रशिक्षण दिने योगगुरु कपिल गौतमको १८ चरणको शूर्यनमस्कार निकै चर्चित र अकर्षाणको केन्द्र बनेको नियमित योग गर्ने कल्पना बगालेले जानकारी दिईन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij