२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

बि टु बि कम्पनी युनि कन्सल्ट्यान्स अलायन्स (युसीए)द्वारा बुटवलमा शैक्षिक परामर्शदाता संस्थाहरुको भेला

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, कार्तिक २४ २०८२
सोमवार, कार्तिक २४ २०८२
  • बुटवल। परामर्श व्यवसायको क्षेत्रमा नेपालको पहिलो बि टु बि कम्पनी युनि कन्सल्ट्यान्स अलायन्स (युसीए) ले लुम्बिनी प्रदेशको बुटवलमा शैक्षिक परामर्शदाता संस्थाहरुको भेला गरेको छ।

    बुटवल, भैरहवा, खैरेनी र सुनवल क्षेत्रका करीब १ सय भन्दा बढी परामर्शदाता संस्थाका प्रतिनिधिहरुको सहभागितामा भएको भेलामा युसीएका अध्यक्ष रामशरण ढकालले संस्थाको बारेमा जानकारी गराउँदै विदेशका प्रतिष्ठित शैंक्षिक संस्था र विश्वविद्यालयहरुसँगको सहकार्यलाई मजबुत बनाउँदै साझेदारीका लागि पूलको काम गर्ने बताए। उनले परामर्श व्यवसाय क्षेत्रलाई थप व्यवस्थित बनाउँदै सेवालाई स्तरीय बनाउनका लागि युसीएले काम गरिरहेको बताए। 

    उनले विभिन्न देशका शैक्षिक संस्थाहरुसँग सहकार्य गर्नका लागि युसीएले सहज र सरल तरिकाले मध्यस्थकर्ता र सहजकर्ताका रुपमा काम गरिरहेको बताए।

    कार्यक्रममा युसीएका चिफ अपरेशन अफिसर लिलाध्वज बस्नेतले परामर्श व्यवसाय क्षेत्रका चुनौती र अवसरहरुका बारेमा जानकारी गराउँदै कसरी सहजीकरण गर्ने भन्ने जानकारी गराएका थिए।

    युसीएका अन्तरराष्ट्रिय विभाग प्रमुख इश्वर घिमिरेले विदेशी संस्थाहरुसँगको सहकार्यलाई व्यवसायिक र विश्वसनीय बनाउनका लागि युसीएले सहजीकरण गर्ने बताए। 

    कार्यक्रममा युसीएका सञ्चालक तिलक पाण्डेले संस्थाको सेवा र सुविधाका बारेमा जानकारी गराएका थिए भने स्थानीय व्यवसायी टंक पन्थीलाई सहजीकरणका लागि विशेष धन्यवाद ज्ञापन गरेका थिए। उनले युसीएसँग सहकार्य गर्दा प्रभावकारी तरिकाले काम हुने बताउँदै ढुक्कसँग सहकार्य गर्न आग्रह गरेका थिए। 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij