बुटवल । कपिलवस्तुमा दुई वर्षीया बालिका मृत फेला परेकी छन् । मायादेवी गाउँपालिका–१, पकडीस्थित घरबाट बेपत्ता भएकी बालिका मान्सा ओझाको शव सोमबार बिहान मर्थी खोलामा फेला परेको हो ।
मान्सा यही कात्तिक २२ गते बिहान १० बजेदेखि हराएकी थिइन् । बालिकाको शव घरदेखि करिब तीन किलोमिटर दक्षिणमा, मायादेवी गाउँपालिका–१ र शुद्धोधन गाउँपालिका–६ को सीमामा पर्ने मर्थी खोलामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले घटनास्थलको जानकारी दिएका छन् । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




