२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

यसरी घोषणा गरिएको थियो ‘जेनजी’ प्रदर्शनमा मृत्यु हुने ७६ मध्ये ४५ जनालाई सहिद

यसरी घोषणा गरिएको थियो ‘जेनजी’ प्रदर्शनमा मृत्यु हुने ७६ मध्ये ४५ जनालाई सहिद

यसरी घोषणा गरिएको थियो ‘जेनजी’ प्रदर्शनमा मृत्यु हुने ७६ मध्ये ४५ जनालाई सहिद

यसरी घोषणा गरिएको थियो ‘जेनजी’ प्रदर्शनमा मृत्यु हुने ७६ मध्ये ४५ जनालाई सहिद

यसरी घोषणा गरिएको थियो ‘जेनजी’ प्रदर्शनमा मृत्यु हुने ७६ मध्ये ४५ जनालाई सहिद
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, कार्तिक २४ २०८२
सोमवार, कार्तिक २४ २०८२
  • काठमाडौं । ‘जेनजी’ प्रदर्शनका क्रममा देशभर ७६ जनाको मृत्यु भएको थियो । तर, तीमध्ये ४५ जनालाई मात्र सरकारले सहिद घोषणा गरेको छ । बाँकी ३१ जनालाई सरकारले सहिद घोषणा गरेको छैन ।

    ‘जेनजी’ प्रदर्शनका क्रममा मारिने ७६ मध्ये ४५ जनालाई कसरी सहिद घोषणा गरियो भन्ने गृह मन्त्रालयले स्पष्ट पारेको छ । गृह मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनाको प्रगति विवरणमा ४५ जनालाई सहिद घोषणा गरिएकोबारे उल्लेख गरेकाे हाे । 

    गृह मन्त्रालयका अनुसार, प्रधानमन्त्री एवम् गृहमन्त्रीको २०८२ भदौ २९ मा वहालीको क्रममा फाइल तयारी गरिएको थियो । सोहीअनुसार, जेनजी प्रदर्शनमा मृत्यु भएकालाई सहिद घोषणा गर्ने निर्णय गरिएको थियो ।

    सहिद घोषणा गर्न प्रहरी प्रतिवेदन र सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट पुस्ट्याइँसहित यकीन गरी गृह मन्त्रालयले प्रस्ताव पेस गर्ने भनि २०८२ भदौ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट निर्णय गरिएको थियो ।

    २०८२ भदौ ३० गते मन्त्रिपरिषद्को निर्णयबमोजिम मृत्यु भएका ७६ जनाको विवरण संकलन गरिएको थियो । “सहिद घोषणा प्रयोजनका लागि मृतकहरूको हालसम्म प्राप्त पुस्ट्याइँसहितको प्रहरी प्रतिवेदन र सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट प्राप्त सिफारिसका आधारमा सहिद घोषणाका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरिएको र सोही बमोजिम ४५ जनालाई सहिद घोषणा गरिएको,” गृह मन्त्रालयले भनेको छ । 

    २०८२ भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनमा मृत्यु भएकामध्ये ४५ जनालाई यही कात्तिक १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले सहिद घोषणा गर्ने निर्णय गरेको थियो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij