२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

कार्यालयमा तालाबन्दी जारी, व्यवसाय खुल्ला

कार्यालयमा तालाबन्दी जारी, व्यवसाय खुल्ला

कार्यालयमा तालाबन्दी जारी, व्यवसाय खुल्ला

कार्यालयमा तालाबन्दी जारी, व्यवसाय खुल्ला

कार्यालयमा तालाबन्दी जारी, व्यवसाय खुल्ला
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, कार्तिक २५ २०८२
मंगलवार, कार्तिक २५ २०८२
  • बुटवल । बुटवलकृषि उपज थोक सञ्चालक समितिको कार्यालयमा तालाबन्दी भएको छ । विभिन्न माग राखेर थोक बजारका व्यवसायीहरुले दुई दिनसम्म बजार नै बन्द गरेर आन्दोलन गरेपनि सोमबार सांझदेखि बजार भने खोलेका छन् ।

    सञ्चालक समितिको म्याद सकिनै लाग्दा टेण्डर खोलेपछि व्यवसायी आन्दोलनमा उत्रिएका थिए । उनीहरुले मंसिर १७ गते म्याद सकिन लागेको थोक बजार सञ्चालक समितिको निर्वाचनको मिति घोषणा गर्नुपर्ने, बजार स्थापना गर्दाका त्रिपक्षिय बैठकको आयोजना गर्नुपर्ने, अदालतको फैसलाको पूर्ण पाठ सार्वजनिक गर्नुपर्ने, कानुनमा व्यवस्था भएको पुनरावेदन गर्ने अधिकार सुनिश्चित गर्नुपर्ने र व्यावसायिक सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने माग गरेका छन् । 


    व्यवसायीहरुले विगत १५ वर्षदेखि लागत सहभागितामा समेत संलग्न भई बजार निर्माण र बजार संचालन गरिरहेका व्यावसायिलाई विस्थापित गर्ने मनसायबाट २०८१-०५-२३ गते आह्वान गरिएको टेन्डर प्रकृया पूर्वाग्राही रहेको दावी गर्दै एक वर्षदेखि विरोध जनाउंदै आएका थिए । उनीहरुलेकानुनी उपचारको प्रकृयामा गएकामा जिल्ला अदालतले मुद्दाको फैसला गरिसकेको तर औपचारिक हिसाबले फैसलाको पूर्ण पाठ आइ नसकेको अवस्थामा टेण्डर गर्नु लगत भएको दाबी गरेका छन् । 


    पूर्ण पाठ आइसकेपछि पनि उक्त फैसलाको उपर पुनरावेदन गर्ने अधिकार कानुनले नै स्पष्ट पारिदिएको पुर्व अध्यक्ष पन्थीले बताए । यस्तो  अवस्था र सम्भावना हुदाँहुदै व्यावसायीलाई विस्थापित गर्ने र बजारलाई लथालिङ्ग बनाउने गलत मनसायबाट टेण्डर खोल्ने दुष्प्रयास गरेकाले व्यवसायी आन्दोलित हुनुपर्ने बाधात्मक परिस्थितिको श्रृजना भएको उनले बताए । 


    उनीहरुले वर्तमान सञ्चालक समितिसंग मात्रै वार्ता नगर्ने अडान समेत लिएका छन् । थोक बजारमा ६५ वटा सटर र १५० बढी व्यसायी आश्रित रहेका छन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij