२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

एक समूहको आक्रमणमा बर्दियामा ३८ वर्षीय युवा गम्भीर घाइते, गोली प्रहार भएको आशंका

एक समूहको आक्रमणमा बर्दियामा ३८ वर्षीय युवा गम्भीर घाइते, गोली प्रहार भएको आशंका

एक समूहको आक्रमणमा बर्दियामा ३८ वर्षीय युवा गम्भीर घाइते, गोली प्रहार भएको आशंका

एक समूहको आक्रमणमा बर्दियामा ३८ वर्षीय युवा गम्भीर घाइते, गोली प्रहार भएको आशंका

एक समूहको आक्रमणमा बर्दियामा ३८ वर्षीय युवा गम्भीर घाइते, गोली प्रहार भएको आशंका
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, कार्तिक २५ २०८२
मंगलवार, कार्तिक २५ २०८२
  • काठमाडौं । बर्दियामा आइतबार राति एक युवामाथि आक्रमण भएको छ । बार्दियाको ठाकुरबाबा नगरपालिकामा भएको आक्रमणबाट बर्दिया भुरीगाउँका ३८ वर्षीय रमेशप्रसाद तिमिल्सिना गम्भीर घाइते भएका छन् ।

    उनीमाथि गोली प्रहार भएको हुन सक्ने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार किरियापुत्री भेट्न जाँदै गर्दा तिमिल्सिनामाथि आक्रमण भएको हो । बार्दियाकै गिदरपुरका २५ वर्षीय तर्क भण्डारी, आकाश शाह, छत्र कार्की, नेपालगञ्जका सुरेश कुर्मी, प्रकाश साउद, अजय चन्दसहितको समूहले उनीमाथि आक्रमण गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सरोज पौडलेले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । उनले तिमिल्सिनामाथि गोली प्रहार भएको हुन सक्ने बताए । "हामीले अनुसन्धानका लागि दुईजनालाई पक्राउ गरिसकेका छौँ । हातमा गोली लागेको जस्तो घाउ देखिन्छ । स्थानीयहरूले पनि गोली नै चलेको जानकारी दिइका छन् । हामी अनुसँन्धान गर्दैछौँ," उनले भने ।

    तिमिल्सिनामाथि रडसमेत प्रहार भएको छ । घाइते तिमिल्सिनालाई उपचारका लागि मेडिकल कलेज कोहलपुर, बाँके लगिएको छ । उनको मेडिकल कलेजको आईसीयूमा उपचार भइरहेको छ ।

    प्रहरीले घटनामा संलग्न भएको आरोपमा ठाकुरबाबा नगरपालिका–४ का २० वर्षीय प्रकाश साउदसहित दुईजनालाई सोमबार पक्राउ गरेको छ । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको र अन्य फरार रहेका प्रहरीले जानकारी दिएको छ ।

    स्थानीय तहमा भएको अनियमितताको बारेमा सामाजिक सञ्जालमार्फत प्रश्न उठाउने गरेका तिमिल्सिनामाथि सोही कारण आक्रमण भएको हुन सक्ने स्थानीयहरूले आशंका गरेका छन् ।

    पछिल्लो समय 'जनेजी' आन्दोलनका क्रममा लुटिएका प्रहरीका हतियार आपराधिक समूहसम्म पुगेको हुन सक्ने भएकाले आपराधिक घटना हुने आशंका प्रहरीको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij