२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

क्रिमसन अस्पतालमा रक्तदान

क्रिमसन अस्पतालमा रक्तदान

क्रिमसन अस्पतालमा रक्तदान

क्रिमसन अस्पतालमा रक्तदान

क्रिमसन अस्पतालमा रक्तदान
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, कार्तिक २६ २०८२
बुधवार, कार्तिक २६ २०८२
  • बुटवल । ‘रक्तदान जीवनदान’ भन्ने नाराका साथ क्रिमसन कलेज अफ टेक्नोलोजी क्रिमसन अस्पताल मणिग्रामले मंगलबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । पछिल्लो समयमा जिल्लाभर रगतको अभाव चर्किएको हुँदा नेपाल रेडक्रस सोसाइटीको अनुरोधमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।


    अस्पताल परिसरमा आयोजना गरिएको कार्यक्रममा अस्पतालका चिकित्सक, कर्मचारी, नर्स, विद्यार्थी तथा बिरामीका कुरुवासमेत सक्रिय रुपमा रक्तदानमा सरिक भएका थिए । ६१ जना रक्तदाताले रक्तदान गरेको कार्यक्रम संयोजक तथा अस्पतालका नर्सिङ्ग इञ्जार्च सरिता अर्यालले जानकारी दिइन् ।


    रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बुटवल रक्त सञ्चार केन्द्रबाट निरञ्जन राजभण्डारी, प्रीति रानामगर र निशान थापाको टोलीले सहजीकरण गरेको थियो । बुटवल क्षेत्रमा मात्रै दैनिक १२० पोइन्ट रगत माग रहेको र मागअनुसार रगत उपलब्ध गराउन निकै समस्या देखिएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ ।


    रक्तदाताहरुलाई धन्यवाद ज्ञापन गर्दै अस्पताल व्यवस्थापन समिति अध्यक्ष दुर्गाप्रसाद पाण्डेय, अस्पताल निर्देशक डा.शेखरप्रसाद पोखरेल, प्रशासन शाखा प्रमुख कुलमणि ज्ञवाली, जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्याल, मेट्रोन निरा अधिकारी, कार्यक्रम संयोजक सरिता अर्याललगायतले प्रमाणपत्र वितरण गरेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij