२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

एकै दिन लुम्बिनीमा साढे २ सय बढी सवारी कारबाही, २ लाख बढी राजश्व सङ्कलन

एकै दिन लुम्बिनीमा साढे २ सय बढी सवारी कारबाही, २ लाख बढी राजश्व सङ्कलन

एकै दिन लुम्बिनीमा साढे २ सय बढी सवारी कारबाही, २ लाख बढी राजश्व सङ्कलन

एकै दिन लुम्बिनीमा साढे २ सय बढी सवारी कारबाही, २ लाख बढी राजश्व सङ्कलन

एकै दिन लुम्बिनीमा साढे २ सय बढी सवारी कारबाही, २ लाख बढी राजश्व सङ्कलन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण २ २०८१
बुधवार, श्रावण २ २०८१
  • बुटवल । नयाँ आर्थिक वर्ष २०८१/८२ अन्तरगत साउनको पहिलो दिनमा लुम्बिनी प्रदेशमा २ सय बढी सवारी कारबाहीमा पर्दा २ लाख बढी राजश्व सङ्कलन भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार पहिलो दिन २ सय ६४ सवारीसाधन कारबाहीमा परेका हुन् ।

    यी सवारी कारबाहीबाट २ लाख १५ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका सूचना अधिकारी होम बहादुर थापाले लुम्बिनी पत्रिकालाइ जानकारी दिए ।

    उनका अनुसार सबैभन्दा धेरै बाँकेमा १ सय १६ सवारी कारबाहीमा परेका छन् भने अर्घाखाँची र बर्दियामा कुनै पनि सवारी कारबाहीमा परेका छैनन् । बाँकेमा ८४ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

    यस्तै रुपन्देहीमा ४० सवारी कारबाहीबाट ३८ हजार, रोल्पामा २६ सवारी कारबाहीबाट २० हजार ५ सय , दाङमा २२ सवारी कारबाहीबाट १५ हजार राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

    यस्तै नवलपरासी पश्चिम र पाल्पामा १५/१५ सवारी कारबाहीमा परेका छन् । जसबाट नवलपरासी पश्चिममा १४ हजार ५ सय तथा पाल्पामा १३ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ।

    यस्तै प्युठानमा १४ सवारी कारबाहीबाट ११ हजार ५ सय, कपिलवस्तुमा ११ सवारी कारबाहीबाट ११ हजार, रुकुम पूर्वमा ३ सवारी कारबाहीबाट ५ हजार तथा गुल्मीमा २ सवारी कारबाहीबाट १५ सय रुपैयाँ राजस्व सङ्कलन भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।

    साथै प्रदेशका २६ स्थानमा विभिन्न सवारी साधनका चालक,सह-चालक तथा यात्रुहरूलाई सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी ट्राफिक सचेतनामूलक प्रशिक्षण प्रदान प्रदान गरिएको कार्यालयले जनाएको छ । जसमा १ हजार ९८ जना लाभान्वित भएको कार्यालयले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij