२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

लुम्बिनी महोत्सव सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता

लुम्बिनी महोत्सव सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता

लुम्बिनी महोत्सव सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता

लुम्बिनी महोत्सव सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता

लुम्बिनी महोत्सव सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, कार्तिक २७ २०८२
बिहिवार, कार्तिक २७ २०८२
  • भैरहवा । रूपन्देहीको भैरहवामा सञ्चालन हुने सातौं लुम्बिनी महोत्सव–२०८२ (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवर्धन) लाई सफल बनाउन साथ र सहयोग रहने शैक्षिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले प्रतिबद्धता व्यक्त गरेका छन् । 


    चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को आयोजनामा आगामी मंसिर ३ देखि २१ गतेसम्म सिद्धार्थनगर नगरपालिका–८ स्थित अञ्चलपुरमा हुने महोत्सवलाई सफल पार्न आयोजकलाई साथ र सहयोग रहने प्रतिबद्धता जनाएका हुन् ।
    आयोजकले भैरहवामा आयोजना गरेको शैक्षिक संस्थाका प्रमुख एवं प्रतिनिधिहरुसँगको बैठक तथा छलफल कार्यक्रममा उनीहरुले महोत्सवलाई सफल बनाउन सबैको साझा जिम्मेवारी रहेको बताएका हुन् ।


    कार्यक्रममा भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक मोतीलाल सुवेदीले महोत्सव उद्घाटन अघि निकालिने यालीलाई व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।


    रुपन्देही क्याम्पसको क्याम्पस प्रमुख मञ्जु खनालले मेला सफल पार्नु सबैको साझा जिम्मेवारी भएको बताइन् । उनले महोत्सवमा हुने खेलकुद प्रतियोगितामा विद्यार्थीहरुलाई सहभागी गराउनुपर्नेमा जोड दिइन् ।


    प्याब्सन सिद्धार्थनगरका अध्यक्ष उदयकुमार मल्लिकले महोत्सवमा शैक्षिक प्रदर्शनी राख्नुपर्ने बताए । उनले यहाँका विद्यालय र विद्यार्थीहरुको उपलब्धिबारे प्रदर्शन गर्न सकिने जनाए ।


    काशी नोबल एकेडेमीका प्राचार्य राजेन्द्र घिमिरेले महोत्सवमा धेरैभन्दा धेरै दर्शक जाने वातावरण बनाउनुपर्नेमा जोड दिए ।
    सामूहिक विद्यालय परिवार, रुपन्देहीका अध्यक्ष समसाद इद्रिसीले खेलकुद, चित्रकला, लोक नृत्य प्रतियोगिता, नेपाली भेषभुषाको प्रदर्शनीबारे ध्यान दिन आयोजकलाई आग्रह गरे । उनले नृत्य प्रतियोगितामा विद्यार्थीहरुलाई सहभागी गराउन आग्रह गरे । विद्यार्थीहरुलाई महोत्सव अवलोकनका लागि प्रेरित गरिने उनको भनाइ छ ।


    मोन्टेश्वरी मेमोरियल स्कूलका प्रिन्सिपल प्राचार्य धर्मेन्द्रकुमार मिश्रले ¥यालीलाई व्यवस्थित गर्नुपर्ने बताए । उनले ¥यालीमा सहभागी हुने विद्यार्थी संख्या तोक्न आग्रह गरे ।


    बृहस्पति माविका प्रिन्सिपल गोमा आचार्यले महोत्सवमा विद्यार्थीलाई आफ्नो प्रतिभा प्रस्फुटन गर्ने अवसर प्रदान गर्न आग्रह गरे ।
    रुपन्देही लीलाराम न्यौपाने माविका प्राचार्य रुपकुमार रायमाझीले ¥यालीमा यहाँका शैक्षिक संस्थाको बारेमा महोत्सवमा जानकारी दिने गरी अघि बढ्नुपर्नेमा जोड दिए ।


    भैरहवा नमूना माविका प्राचार्य बासुदेव  पौडेलले स्थानीय कला, संस्कृतिको प्रवर्धन गर्ने खालका कार्यक्रम महोत्सवमा सञ्चालन गर्नुपर्ने बताए । उनले महोत्सवको अवलोकन गर्न विद्यार्थीहरुलाई पठाइने जनाए ।


    ब्राईट स्टार ईङ्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल एल.बी. रौतारले महोत्सव सफल पार्नका लागि सहयोग गर्न तयार रहेको बताए ।
    साई ग्लोबल माविका प्राचार्य लक्ष्मण ज्ञवालीले यालीको दुरी कम गर्न आग्रह गरे ।


    चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष सचिन रोक्काले महोत्सवमा ‘शैक्षिक प्याभेलिएन’ राखिने बताए । ‘टिकट काटेर महोत्सवस्थलमा प्रवेश गरिसकेपछि टिकटदर सस्तो नै छ भन्ने अनुभूति हुनेछ ।’–उनले भने । 
    संस्थाका निवर्तमान अध्यक्ष दर्पण श्रेष्ठले आफूहरुले शिक्षा क्षेत्रलाई महोत्सव दिएको बताए । उनले विगतमा भएका कमीकमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्ने औंल्याए । 


    चेम्बर अफ कमर्स, रुपन्देहीका सल्लाहकार तथा महोत्सवका ¥याली संयोजक टीकाराम भट्टराईले महोत्सवमार्फत् विद्यार्थीले धेरै कुरा सिक्न पाउने बताए ।


    संस्थाका सचिव कृष्णप्रसाद पाण्डेको सञ्चालनमा भएको कार्यक्रममा जेसीज किण्डर गार्डेन स्कूलका प्रिन्सिपल हिरा गुरुङ, मोर्डन पब्लिक स्कूलका मुकेश यादवलगायतले बोलेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij