२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

दलित जनप्रतिनिधिले दलित महिलालाई ठगेको गुनासो

दलित जनप्रतिनिधिले दलित महिलालाई ठगेको गुनासो

दलित जनप्रतिनिधिले दलित महिलालाई ठगेको गुनासो

दलित जनप्रतिनिधिले दलित महिलालाई ठगेको गुनासो

दलित जनप्रतिनिधिले दलित महिलालाई ठगेको गुनासो
बिहिवार, कार्तिक २७ २०८२
बिहिवार, कार्तिक २७ २०८२
  • बुटवल । सैनामैना नगरपालिकाका कार्यपालिका सदस्य एवं दलित उत्थान संघ सैनामैनाका संस्थापक अध्यक्ष सुरज बरालले एक दलित महिलालाई जग्गा विक्रि गरेपनि जग्गा नदिएको पीडितले गुनासो गरेकी छन् । 

    बरालले बुटवल –२ बस्ने राधा नेपालीलाई तिलोत्तमा ११ भूपू सैनिकको १० धुर अव्यवस्थित जग्गा चार लाख ५० हजार रुपैयांमा विक्रि गरेपनि जग्गा भने नदिएको पीडित नेपालीले गुनासो गरेकी छन् । 

    नेपालीले बुधबार पत्रकार सम्मेलन गरी २०७७ सालमा किनेको जग्गामा बरालले जालझेल गरी उक्त जग्गा नदिई खोलाले कटान गरेको अपुग जग्गा र  भूमि आयोगले नापजांच नगरेको जग्गा लिन दबाब दिएको तर आफूले त्यस्तो जग्गा स्वीकार नगरेको बताइन् । 

    बरालको उक्त ठाउंमै अझै १० कठ्ठा बढी जग्गा रहेको भएपनि रकम बुझेको बर्षौंसम्म आफूले दिन लिखित कबोल गरेको १० धुर जग्गा नदिएर दुख दिएको उनले गुनासो गरिन् । 

    ‘भूमि आयोगले नापचांच गरेर पछि लालपुर्जा पाइने जग्गा भनेर मैले ऋणधन गरेर जग्गा किनेकी हुं,तर उहांले कहिले खोलाले कटान गरेको ५ धुर जग्गा त कहिले आयोगले नापचांच नगरेको जग्गा लैजाउ भनेर जालझेल र आलटाल मात्रै गर्नुभयो’–राधाले भनिन्‌–‘यही जग्गाको लागि विभिन्न निकायमा धाउंदा मेरो थप एक लाख जति खर्च भइसक्यो,यही जग्गाको लफडाले परिवारमा पनि बिग्रह भयो, स्कूलको जागिर पनि छाड्न पर्‍यो, अहिले ज्यादै पीडामा छु ।’

    राजनीतिक पहुंच र शक्तिको आडमा आफूलाई बरालले आफूलाई ठगेको र वर्षौं सास्ती दिएकाले अब जग्गा नलिने बरु अहिलेको चलतचल्तीको मूल्य अनुसार पैसा फिर्ता फिर्ता दिनुपर्ने माग गरिन् । बरालले आफूलाई जातसंग जोडेर असभ्य भाषा प्रयोग गरेर धम्की दिने गरेको समेत राधाले दावी गरिन् । 

    ‘म माथि अन्याय भएको छ, न्यायका लागि सरोकारवाला निकाय, दलित अगुवाको साथ खोजेकी छु’–उनले भनिन्‌–‘दलित समुदायको अगुवा भन्ने तर दलित समुदायकै सोझा साझा महिलालाई यसरी दुख दिने र हेप्ने कामले निकै पीडा भएको छ ।’

    आफूलाई तिलोत्तमा वडा नं ११ का वडाध्यक्ष विष्णु बरालले भने समस्या समाधानका लागि निकै सहयोग गरेको तर सफल नभएको उल्लेख गरिन् । वडाध्यक्ष बरालले एकजना सोझी दलित समुदायकी महिलालाई दलित अगुवा र जनप्रतिनिधिले ठग्नु र दुख दिनु सह्य र क्षम्य विषय नभएको बताए । 

    ‘जग्गा दिने भनेर रकम बुझेको वर्षौं हुंदासम्म नदिनु अचम्मको विषय भयो,उहांले कि भने अनुसारको जग्गा दिनुपर्छ कि पैसा दिनुपर्छ,यसरी दुख दिन पाइदैन’–बरालले भने–‘यस्तो कुराले दलित अगुवा र जनप्रतिनिधिकै बेइज्जत गराउंछ ।’

    सुरज बरालले भने आफूले जग्गा दिएको तर उनले नलिएको बताए । ‘जग्गा दिएको छु,फिल्डमा जग्गा नभएको भए जवाफदेही हुन्छु’–बरालको दावी छ भने ।

    राधालाई बुटवल ११ की जमुना सुनारले जग्गा किन्नका लागि देखाइदिएकी राधाले बताइन्  । जग्गा किनबेचको कागजमा सुनार, सौगात बराल,दिलिप पुन,धनबहादुर कुंवर साक्षी छन् । जग्गा किनबेचके कागज गरेवापत राधाले टोल विकास संस्थालाई १३ हजार रुपैयां शुल्क तिरेको बताइन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij