२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

रुपा प्राविमा ग्रेसको सहयोग, एक निजी शिक्षकदेखी शैक्षिकसामाग्री हस्तान्तरण

रुपा प्राविमा ग्रेसको सहयोग, एक निजी शिक्षकदेखी शैक्षिकसामाग्री हस्तान्तरण

रुपा प्राविमा ग्रेसको सहयोग, एक निजी शिक्षकदेखी शैक्षिकसामाग्री हस्तान्तरण

रुपा प्राविमा ग्रेसको सहयोग, एक निजी शिक्षकदेखी शैक्षिकसामाग्री हस्तान्तरण

रुपा प्राविमा ग्रेसको सहयोग, एक निजी शिक्षकदेखी शैक्षिकसामाग्री हस्तान्तरण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, कार्तिक २७ २०८२
बिहिवार, कार्तिक २७ २०८२
  • बुटवल । बिद्यार्थीहरुलाई अध्ययनका लागि बिदेश पठाउँदै आएको कन्सलटेन्सी ग्रेस इन्टरनेशनल बुटवलले आफ्‌नो १९ औँ वार्षिकोत्सव रचनात्मक कार्य गर्दै मनाएको छ । वार्षिकोत्सवको अवसरमा पाल्पाको तिनाउँ गाउँपालिका २ मा रहेको रुपा प्राविमा पुगेर आर्थि तथा शैक्षिक सहयोग गरेको छ । 

    बिहीबार बिद्यालयमा एक कार्यक्रमका बिचमा ग्रेसले बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नएक जना शिक्षकलाई निजि कोटाबाट राख्ने निर्णय गर्दै शिक्षकलाई दिईने पारिश्रमीक बेहोरीदिने घोषणा गरेको छ । 

    वडा अध्यक्ष यादब प्रसाद अर्यालको रहोबरमा ग्रेस बुटवलका म्यानेजिङ डाईरेक्टर इश्वर भट्टराई र बिद्यालय व्यवस्थापन समिति अध्यक्ष दिनेश थापाका बिचमा सम्झौता गरेको हो । सो अवसरमा बिद्यालयलाई एक थान कम्प्युटर सेट, बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री र न्यानो कपडा बितरण गरिएको हो । 

    सो अवसरमा बोल्दै वडा अध्यक्ष अर्यालले बिद्यालयको विकासमा धेरै प्रयास गरेपनि बिद्यार्थी संख्या थोरै नहुँदा सोचेअनुरुप लगानी भित्राउन नसकिएको बताए । 

    5db22b2a-f5d6-4663-ba3c-b108f833fb6b.jfif

    ग्रेस बुटवलका म्यानेजिङ डाईरेक्टर भट्टराईले ग्रेसले बिद्यार्थीहरुलाई बैदेशिक अध्ययानमा पठाउनुका साथसाथै सामाजिक उत्तरदायीत्वका कार्यहरु गर्दै आएको बताउँदै बिज्ञापनकै लागि सहयोग गर्ने प्रचलन भन्दा पनि जे आवश्यकता हो त्यहि आधारमा सहयोग गरिएको बताए । 

    नुवाकोट क्षेत्रलाई अझै व्यवस्थीत बनाउँदै यस क्षेत्रमा बस्ती बृद्धि गर्नुपर्ने बताए । उनले प्रकृतिको काखमा रहेको यस बिद्यालयमा बुटवल क्षेत्रबाट बिद्यार्थी संकलन गरेर नुवाकोटको रुपा प्राविमा अध्यापनको व्यवस्था गर्न सबै लाग्नुपर्ने बताए ।

    ग्रेस बुटवलका सञ्चालक सविता सापकोटा भट्टराईले बालबालिकाको शिक्षालाई गुणस्तरीय बनाउनको लागि ग्रेसले सानो सहयोग गरेको बताए । बिद्यालय व्यवस्थापन समिति अध्यक्ष दिनेश थापाले बिद्यालय सञ्चाजन गर्न धेरै सहयोगी दाताहरु आउने गरेको बताउँदै बिद्यार्थी बढाउने कार्यमा लागिपरको बताए ।

    सो अवसरमा एक्जुकेटिभ म्यानेजर कपिल काफ्ले, अपरेशन हेड बाबुराम पराजुली, बिद्यालयका प्रध्यानाध्यापक प्रेम पौडल लगायतले बोलेका थिए । 

    यसैबिच बिद्यालयमा धार्मिक युवाहरुको संस्था रुद्र गणले पनि सहयोग गरेको छ । रुद्र गणले बिद्यालयलाई ईलेकिट्रकल फिल्टर हस्तान्तरण गरेको हो । संस्थाका अध्यक्ष कमल सापकोटको नेतृत्वमा पूगेको टिमले बिद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij