२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

श्रम संस्कृति पार्टी रुपन्देहीको  बैठकले गर्यो यस्ता निर्णय

श्रम संस्कृति पार्टी रुपन्देहीको  बैठकले गर्यो यस्ता निर्णय

श्रम संस्कृति पार्टी रुपन्देहीको  बैठकले गर्यो यस्ता निर्णय

श्रम संस्कृति पार्टी रुपन्देहीको  बैठकले गर्यो यस्ता निर्णय

श्रम संस्कृति पार्टी रुपन्देहीको  बैठकले गर्यो यस्ता निर्णय
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, कार्तिक २८ २०८२
शुक्रवार, कार्तिक २८ २०८२
  • बुटवल ।  श्रम संस्कृति पार्टी जिल्ला सभा रुपन्देहीको  महत्त्वपूर्ण तेस्रो बैठक  बुटवलमा  बिहीबार सन्पन्न भएको छ।  

    अध्यक्ष सुशीला पुलामी मगरको अध्यक्षता र बुटवल ११ मझुवाका   ८० वर्षीय जेठ नागरिक नन्द बहादुर विश्वकर्माको प्रमुख आतिथ्यता, अगुवा श्रमदाता हरि घर्तिमगरको विशेष आतिथ्यतामा सम्पन्न  बैठकले गत असौज ३१ गते प्रथम सहिद लखन थापा भवनमा चयन भएको अपुरो पाँच सदस्यीय जिल्ला सभा कार्यसमितिलाई पुर्णता दिदै १५ सदस्यीय जिल्ला सभा कार्यसमिति बनाएको छ। 


    जसमा  अध्यक्ष सुशीला पुलामी मगर, उपाध्यक्ष पुर्ण बहादुर बिक,उपाध्यक्ष केशव न्यौपाने,सचीव सुगम राई, सह- सचिव बिमला कुँवर, कोषाध्यक्ष शिशिर घर्तिमगर, प्रवक्ता खड्क बहादुर राना र  संगठन विभाग प्रमुख डम्बर खतिवडा चयन भएका छन् ।  सदस्यहरूमा  विजय हमाल, प्रकाश थापा मगर, ऋषिन्द्रराज आमात्य,मनोज थापा मगर ,शिवुलाल विश्वकर्मा,यम बहादुर परियार र  गोपाल गहतराज लाई पदपूर्ति गरेको छ।


    बैठकले गत कार्तिक २२ गते लुम्बिनी प्रादेशिक अस्पताल अगाडी भुर्किचोकमा भएको श्रमदानको समिक्षा गर्दै,श्रम संस्कृति पार्टीको खोल ओडेका केहि अराजक तत्वले श्रम संस्कृति पार्टीको मेरुदण्डको  रुपमा रहेको श्रम संस्कृति अभियानलाई असफल बनाउन खोजेकोमा खेद व्यक्त गरेको छ । नपाए, रुपन्देही मात्रै नभएर लुम्बिनी प्रदेशभित्र नै श्रम संस्कृति पार्टीलाई कम्जोर बनाउन सकिन्छ कि भनेर, टुप्पि कसेर लागेको ठहर गर्दै, ति अराजक तत्त्व प्रति निन्दा र खेद प्रकट गरेको छ। 


    साथै प्रत्येक शनिवारलाई श्रमदान वार घोषणा गर्दै  रुपन्देही र बुटवल नगरपालिकाका विभिन्न ठाउँमा व्यापक श्रमदान गर्ने निर्णय गरेको छ भने संगठन विस्तारको शिलशिलामा प्रत्येक पालिका वडा र टोलमा समेत पार्टीको मेरुदण्ड श्रमदानलाई पुर्याएर संगठन विस्तार गर्ने र फल्गुण २१ गते हुने संघीय निर्वाचनमा रुपन्देही मात्रै नभएर लुम्बिनी प्रदेशभरी पार्टीको व्यापक प्रभावकारी उपस्थिति जनाएर  सम्मान जनक सफलता प्राप्त गर्नु पर्ने ठहर गरेको पार्टी अध्यक्ष सुशिला पुलामी मगरले बताइन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij