परासी । पश्चिम नवलपरासीमा बजार अनुगमन गरिएको छ। संयुक्त जिल्ला बजार अनुगमन समिति नवलपरासीले जिल्लाको सुनवल नगरपालिकाको वडान १२ भुमही बजारका पसलहरूमा बजार अनुगमन गरेको हो ।
म्याद गुज्रिएको खाद्यान्न सामानहरू बिक्री वितरण भैरहेको व्यापक जनगुनासो आएपछि सो क्षेत्रमा बजार अनुगमन गरिएको गरी घरेलु तथा साना उद्योग कार्यालयका बरिष्ठ उद्योग अधिकृत मोहन पाण्डेले जानकारी दिए ।
अनुगमनको क्रममा म्याद गुज्रिएको भारी मात्रमा खाद्य बस्तु लेबल नभएको बस्तु नियन्त्रणमा लिई नष्ट गरिएको बताए । होटलहरूमा सरसाफाई कमि देखिएको र सरसफाई गरी सरसफाई गरी व्यवासय संचालन गर्न निर्देशन दिईएको बताए ।
अब आउदा अखाद्य बस्तु र सरसफाई नदेखिएको खण्डमा कानूनि प्रक्रिया अनुसार दण्ड जरिवाना हुने समेत व्यापारीहरूलाई सचेत गराउने कार्य गरिएको पाण्डेले जानकारी दिए ।किराना पसल ,मिष्ठान भण्डार होटल रेष्टुरेन्ट गरि १० वटा वटा पसलमा अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका उद्याम सहजकर्ता मनोज कुमार चौधरीले जानकारी दिए ।
,अनुगमन टोलीमा घरेलु तथा साना उद्योग कार्यालयका , जिल्ला प्रशासन कार्यालय ,उपभोक्ता हित संरक्षण मंच सुरक्षाकर्मी लगायतको सहभगिता रहेको थियोे ।




